भैरहवामा ‘एएनपीआर’ प्रणाली जडान

भैरहवामा ‘एएनपीआर’ प्रणाली जडान

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बजार क्षेत्रको देवकोटा चोकमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’ (एएनपीआर) प्रणाली जडान गरेको छ।

सिद्धार्थ राजमार्ग सडकखण्ड अन्र्तगत देवकोटा चोक हुँदै आवतजावत गर्ने सवारीसाधन सहित सडकमा हुने क्रियाकलापहरू प्रविधिको माध्यमले निगरानी गर्ने उद्देश्यले एएनपीआर प्रणाली जडान गरिएको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले बताए।

‘नगरमा विकासका साथै नगरवासीको सुरक्षाप्रति हामी सचेत छौँ’ उनले भने, ‘जसका लागि यो प्रणाली जडान गरिसकेका छौँ भने नगरको विभिन्न स्थानमा थप सिसिटिभी क्यामेराहरू समेत जडान गर्न लागेका छौँ।’ नगरलाई प्रविधिमैत्री बनाउने लक्ष्य अनुरुप नगरपालिकाको कार्यालय विभिन्न कार्यहरू गर्दै आएको छ।  

जडान गरिएको प्रणालीले क्यामेराको माध्यमबाट सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवतजावत हुने सवारी साधनको रंग, फोटो र भिडियो तथ्यांकका रुपमा सर्भरमा सेभ गर्ने गर्दछ।

यसले प्रणाली जडान गरिएको सडकबाट आवतजावत गर्ने सवारी साधनको पहिचान गर्न सहज हुनेछ। प्रणाली जडानले सडकमा घटेको कुनै घटनाको अनुसन्धान गर्न थप सहज हुने विश्वास लिइएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बताइन्।

‘सिद्धार्थनगर बजार क्षेत्र भएकोले यहाँ हुने सक्ने घटनालाई मध्यनजर गर्दै सवारी लगायत दुर्घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो प्रणाली महत्वपूर्ण छ,’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले भने, ‘त्यसैले हामीले यो प्रणाली जडान गरेका हौँ।’ जडान गरिएको प्रणालीको कन्ट्रोलिङ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.