प्रीमियम इलेक्ट्रिक एसयूभी एलईभी ०१ नेपाल आउने
काठमाडौं : विश्वको प्रतिष्ठित डिजाइन हाउस शंघाई लन्च अटोमोटिवको पहिलो प्रीमियम एसयूभी एलईभी ०१ को आधिकारिक बिक्रेतमा वेबोर ग्रुप अन्तर्गतको नेक्सन भेन्चर्स प्राली नियुक्त भएको छ। शंघाई लन्च अटोमोटिवले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रूपमा तयार पारेको प्रीमियम एसयूभी एलईभी ०१ नेपालमा आउने छ।
वेबर ग्रुपले नेपाली बजारमा एलईभी ०१ को सुरुवात गर्दैछ, जसले विद्युतीय सवारीको भविष्यतर्फको सकारात्मक कदम चालेको छ। यसले वातावरणमैत्री ड्राइभिङ अनुभव उपलब्ध गराउने छ र नेपाली अटोमोबाइल उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ। यसले उच्च गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने लक्ष्य राखेको छ। ग्राहकको विश्वास प्राप्त गर्न बिक्रीपछि सेवा र प्राविधिक सहयोग पनि उपलब्ध हुनेछ।
प्योर ईवी प्लेटफार्ममा निर्मित प्रिमियम इलेक्ट्रीक एसयूभी एलईभी ०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम, उचाई १६५५ एमएम रहेको छ। यसको ह्वीलबेस २७६० एमएम छ । १९ इन्चको ह्वील रहेको एल ई भी -०१ को ग्राउण्ड क्लियरेन्स १९० एमएम छ।
यसमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर छ । यसले ५००+ किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।