स्याङ्जामा पहिरोले घर पुरिएर आमा छोरीको मृत्यु
![स्याङ्जामा पहिरोले घर पुरिएर आमा छोरीको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/pahiro2_XLhcwmKMIk_Z4TbEIT2m3.jpg)
स्याङ्जा : पहिरोले घर बगाउँदा फेदिखोला गाउँपालिका- ४ बाँगेमा आमा छोरीको मृत्यु भएको छ । बर्षाका कारण माथिबाट पहिरो झर्दा गएराती ३१ वर्षीया दुर्गा जिटी र उनका ३ वर्षिया छोरी निकिता जिटीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
ढुंगा, माटा र टिनले छाएको १ तले घरभन्दा झण्डै २०/२५ मिटर माथिबाट पहिरो झर्दा घरमा सुतिरहेको आमा छोरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ। पहिरोले घर र गोठ समेत भत्किएको छ। गोठमा रहेको १ भैसी पनि मरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)