ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा उत्साहजनक सहभागिता

ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा उत्साहजनक सहभागिता
सुन्नुहोस्

काठमाडौं : ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ। कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई लक्षित गरी खुलाइएको ग्लोबलको छात्रवृत्ति पाउन विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका हुन्।  

कलेजकाअनुसार विज्ञानतर्फ यही असार १७ सोमबार र व्यवस्थापनतर्फ १८ गते मंगलबार छात्रवृत्ति तथा प्रवेश परीक्षा सञ्चालन हुनेछ। जसमा विज्ञान विषयतर्फ उत्कृष्ट २५ जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनेछ। त्यस्तै व्यवस्थापन तथा विज्ञान दुवै समूहमा जीपीएलाई मूल आधार मानी मेरिट प्रणालीद्वारा आंशिक छात्रवृत्ति प्रदान गरिने कलेजले बताएको छ।

ग्लोबल स्कुलका अनुसार १७ असारमा हुने विज्ञान विषयको प्रवेश परीक्षाको नतिजामा ४० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने सबै विद्यार्थी भर्नाका लागि योग्य मानिनेछन्। परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीलाई तयारीका लागि चाहिने नमुना प्रश्नपत्रको पुस्तक उपलब्ध गराइएको छ। परीक्षाको समय तालिकालगायतका आवश्यक जानकारी एसएमएस तथा फोनमार्फत पनि जानकारी दिइरहेको कलेजले बताएको छ।

यसरी छात्रवृत्ति खुलाएसँगै एसईईको नतिजा प्रकाशित भएपछि भर्नाका लागि आवेदन दिन तथा जानकारी लिन ग्लोबल कलेजमा आउने विद्यार्थीको चाप रहेको देखिन्छ। ग्लोबलका अनुसार भर्ना भएका विद्यार्थीको कक्षा ११ र १२ को अध्ययन अवधिभर पढाइको पूर्ण जिम्मेवारी कलेजले नै लिनेछ। ‘हाम्रोमा भर्ना भएका विद्यार्थीका लागि बिहान ६:०० बजेदेखि साँझ ६:०० बजेसम्म मुख्य विषयमा विद्यार्थीलाई अध्ययन सहजताका लागि छुट्टै व्यवस्था गर्दै आएका छौँ। कक्षा १२ को अध्ययन पूरा नहुँदासम्मको ती सबै कुराको पूर्ण जिम्मेवारी हामीले लिने गरेका छौँ,’ ग्लोबल कलेजका प्राचार्य अम्बादत्त जोशीले भने, ‘त्यसैले उत्कृष्ट नतिजासहित १०० प्रतिशत उत्तीर्णको पूर्ण उत्तरदायित्व हामीले लिने गरेका छौँ।’

विगत दुई दशकदेखि व्यवस्थापन विषयमा उत्कृष्ट नतिजा दिइएको ग्लोबल कलेज अफ म्यानेजमेन्टले शैक्षिक क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आएकोले पनि विद्यार्थीको चाप देखिएको कलेजको विश्वास छ।  छोटो समयमा नै विज्ञान विषयमा विद्यार्थी सङ्ख्याको तुलानामा उत्कृष्ट नतिजासहित शिक्षक तथा विद्यार्थीको पहिलो छनोटमा पर्न थालेको हो। कलेजका अनुसार विद्यार्थीका लागि पर्याप्त खेलकुदको पूर्वाधारको व्यवस्था पनि कलेजले गरेको छ। फुटसल, बास्केट बल तथा क्रिकेटलगायतका खेलको अभ्यासका लागि खेल मैदान तथा भौतिक सुविधाको भरपूर उपयोग गर्न सकिने व्यवस्था छ।

कलेज परिसरमा खुला मैदान र अध्ययनका लागि पुस्तकालयसहितको व्यवस्था छ। बगैँचासहितको खुला अध्ययन स्थलसमेत कलेज परिसरमा विद्यार्थीको पहुँचमा रहेको छ। यसका साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीकै नेतृत्वमा राष्ट्रिय स्तरका गोष्ठीहरू सम्पन्न हुँदै आएका छन्। जसले विद्यार्थीलाई भोलिको नेतृत्वदायी भूमिका निर्वाह गर्ने असल युवा तथा राष्ट्रिय उन्नतिका संवाहकका रूपमा कार्य गर्ने क्षमता निर्माण गर्न सक्ने कलेजको विश्वास छ। त्यस्तै विगत दुई दशकमा ग्लोबलमा अध्ययन पूरा गरेका विद्यार्थीहरू देश तथा विदेशका ख्यातिप्राप्त विश्वविद्यालयमा अध्ययन अध्यापनमा सक्रिय रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.