रास्वपाको कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई, प्रवक्तामा झा


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पाएका छन्। बुधबार बसेको केन्द्रीय समितिको बैठकले कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई दिएको सह–प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकले डा.मुकुल ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै महामन्त्री र प्रवक्ताको पदन ७ दिन निलम्बन गर्ने निर्णय गरेको थियो। यसैगरी पार्टी कार्यवाहक प्रवक्ताको जिम्मेवारी झालाई दिइएको छ। 

ढकालले बुधबार बसेको केन्द्रीय समितिको बैठकमा मुखमा टेप लगाएर विरोध जनाएका थिए। केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी ७ दिनका लागि निलम्बन गरिएको उपसभापति उपसभापति डोलप्रसाद अर्यालको भनाई छ। 

अर्यालले ढकाललाई दिएको निलम्बनको पत्रमा भनिएको छ, ‘केन्द्रीय समितिको बैठकमा तपाईंले पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिंदै हिंड्नुभएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १८, राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६ (१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली, २०८० को नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी ७ दिनका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ।’

बुधबारको बैठकमा महामन्त्री ढकालले ३९ जिल्ला घुमेर तयार पारिएको समीक्षा प्रतिवेदनमाथि छलफल गर्दा केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए। तर केन्द्रीय सदस्यहरुले लाइभ गर्न नहुनेमा जोड दिएका थिए। त्यसको विरोध गर्दै उनले भनेका थिए ‘बैठक लाइभ नगर्ने निर्णय गराएकाले आफ्नो लोकतान्त्रिक अधिकार,बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु।’

ढकालले केन्द्रीय कमिटी बैठकबाट बाहिरिँदै गर्दा सभापति रवि लामिछानेप्रति आक्रामक अभिव्यक्ति दिएका थिए। उनले आफूमाथि बैठकमा ह्यारेसमेन्ट भएको दाबी गरेका थिए। सभापति लामिछानेलाई गोर्खा मिडियासँग जोडेर आरोपित गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.