खोला तर्ने क्रममा बगेर एक वृद्धको मृत्यु

खोला तर्ने क्रममा बगेर एक वृद्धको मृत्यु
वर्षाले भत्किएको गोठ। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

स्याङ्जा :पुतलीबजार नगरपालिका १ स्थित अरौंदी खोला तर्नेक्रममा बगाएर ७४ वर्षीय तिलबहादुर भुजेलको ज्यान गएको छ।  पुतलीबजार १ वीरेन्द्रनगरमा बस्दै आएका उनी शुक्रबार बिहान ८ बजे खोला तर्दै गर्दा बगेका थिए। तत्कालकै  उनकै छोरा होमबहादुर भुजेलले उद्धारगरी अस्पताल पर्‍याएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए। शव जिल्ला अस्पतालमा पोष्टमार्टका लागि राखिएको छ।

यसैगरी, बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण शुक्रबार बिहान भीरकोट नगरपालिका ९ साउण्डीमा गोठ भत्किदा गोठधनी चन्द्रबहादुर सिंजाली र उनका पत्नी ठकुकुमारी सिंजाली घाइते भएका छन्। गाईवस्तुलाई कुडो खुवाउन जान लाग्दा गोठ भत्किएको हो। 

गोठ भत्किदा एउटा भैंसी र दुई बाख्रा समेत मरेका छन् भने एउटा भैंसी घाइते भएको प्रहरीले जनाएको छ। घाइते ६७ वर्षीय चन्द्रबहादुर र ५८ वर्षीया ठकुकुमारीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा उपचार भइरहेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.