हुम्लामा काठेपुल बगाउँदा दुई पालिकाको सम्बन्ध टुट्यो

हुम्लामा काठेपुल बगाउँदा दुई पालिकाको सम्बन्ध टुट्यो
सुन्नुहोस्

हुम्ला : बिहीबार दिउँसोदेखि लगातार परेको वर्षाले खोला बढेर हुम्ला जिल्ला नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका जोड्ने पुल बगाएको छ। पक्की पुल निर्माण कार्य  ढिलाइ हुँदा दुई गाउँपालिका जोड्न निर्माण गरिएको काठेपुल बाढीले बगाएको हो।

बाढी नाम्खा गाउँपालिका-१ र सिमकोट गाउँपालिका-७ को सिमाना हेप्काखोलामा सवारी आउजाउ गर्ने काठेपुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

काठेपुल बाढीले बगाएपछि दुई पालिकामा सावरी आउजाउ बन्द हुने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक चन्दले बताए। बिहीवार परेको अविरल वर्षाले खोलाको बाहव बढेको प्रहरी निरीक्षक चन्दको भनाइ छ। 

०७४ सालमा पक्की पुल निर्माणमा ठेक्का  सम्झौता भएर दुई वर्षमा निर्माण सम्पन्न भइसक्नु पर्ने पक्की पुल अलपत्र हुँदा काठेपुलबाट सवारी आउजाउ गर्न बाध्य थिए। 

७ वर्ष बितिसक्दा पनि पक्की पुल ठेकेदार कम्पनीले अलपत्र पारेको छ।  काठेपुल बाढीले बगाएपछि सदरमुकाम सिमकोटदेखि उत्तरी हिल्सा नाकासम्म गुड्दै आएका सवारीको सम्बन्ध टुटेको छ। 

वर्षाले जिल्ला भर विभिन्न स्थानमा बालीनाली  क्षति बनाएको छ। क्षति भए पनि विवरण अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.