भैरहवाको गल्लामण्डीबाट चिनी र मटर बरामद

भैरहवाको गल्लामण्डीबाट चिनी र मटर बरामद
सुन्नुहोस्

भैरहवा : भैरहवाको गल्लामण्डीबाट ठूलो परिमाणमा चिनी र केराउ मटर बरामद भएको छ। भन्सार छलेर भित्राइएको आशंकामा भैरहवा भन्सार कार्यालयले भैरहवाको खाद्यान्न बजार गल्लामण्डीबाट चिनी र केराउ मटर बरामद गरेको हो।

खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले साइकलमा भन्सार छलेर थोरै–थोरै परिमाणमा चिनी, मटर लगायत सामग्री भित्राएर डम्प गर्ने गर्दछन्। परिमाण धेरै भएपछि नक्कली बीजक जारी गरेर गाडीमा मुलुकका विभिन्न स्थानमा पठाउने गर्ने गरेका छन्।

गल्लामण्डीको सुगर मिल क्षेत्र स्थित ट्रकमा लोड गरिरहेको अवस्थामा ५ लाख ७४ हजार रुपैयाँ बराबरको एक सय तीस बोरा (६५०० किलो) चिनी र ६८ बोरा (१७०० किलो) केराउ मटर बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए। साथै, प्र २०३००१ ख ०७०५ नम्बर ट्रक समेत नियन्त्रणमा लिएको र ट्रक चालक फरार भएको उनले बताए।

‘बरामद समाग्रीको प्रज्ञापन पत्र/बीजक फेला नपरेको अवस्थामा सामग्री र प्रयोग भएको ट्रक नियन्त्रणमा लिएका हौँ’, प्रमुख गौतमले भने, ‘सामग्री दावी गर्ने आउने फर्म/व्यक्तिसगँ आवश्यक कागज लिएर जाँचबुझ गर्छौँ। कानुन बमोजिम नपाइए कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।’

भैरहवा भन्सार कार्यालय प्रमुख गौतम आएपछि कार्यालयले अभियान नै चलाएर तीव्र रूपमा भन्सार छलेर भित्राइएका सामग्रीहरू नियन्त्रण लिइरहेको छ। भन्सार छलेर निर्यात गर्न लागिएको र आयात गरिएको अवस्थामा प्रयोग भएको गाडी तथा मानिससहित टुथपेस्ट, चामल, प्याज, लत्ताकपडा लगायतका सामग्रीहरू बरामद गर्ने क्रम जारी रहेको भन्सार कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.