त्रिशूली नदीमा बस बेपत्ता, उद्धारकार्यमा कठिनाइ (तस्बिरसहित)

चितवन : नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आएको पहिरोले त्रिशुली नदीमा बस बेपत्ता भएको छ। घटनास्थलमा उद्धारकार्यमा कठिनाइ भएको छ।
उद्धारकार्यका लागि घटनास्थल जाँदै गरेकाका सशत्र बलको विपद व्यवस्थापन टोली पहिरोले गर्दा बाटैमा फसेका छन्। उनीहरु कुरिनटारस्थित कालीखोलाको पहिरोले घटनास्थल पुग्न कठीन भएको प्रहरीले जनाएको छ।
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहित आएको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको हो । ती बसमा चालकसहित ६५ जना रहेका प्रहरीले जनाएका छन्।
आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एञ्जल बस त्रिशूलीमा खसेको हो।
गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका छन् । घटनास्थलमा पानी परिरहेकाले उद्धारको काम थप कठिनाइ भएको छ।
प्रतिक्रिया दिनुहोस !
