युवकको मृत्यु प्रकरण : आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा ६ राउण्ड अश्रुग्यास प्रहार

युवकको मृत्यु प्रकरण : आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा ६ राउण्ड अश्रुग्यास प्रहार
सुन्नुहोस्

धनगढी : कञ्चनपुरको बेलौरीका १७ वर्षीय युवक नसीव चौधरी मृत्यु प्रकरणले उग्र रुप लिएको छ। मृतकका आफन्तहरुले चिकित्सकलाई कारवाही र क्षतीपूर्ति माग गरेका छन। आक्रोसित पीडितका आफन्तहरुले धनगढीको नोभा अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले ६ राउण्ड अश्रु ग्यास हानेको छ।

कैलालीका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले अस्पतालमा ढुंगामुढा गरिरकेका बेला प्रहरीले छेकेपछि प्रहरीमाथि नै ढुंगामुढा गरेकाले बाध्य भएर अश्रुग्यास हानेको बताए। ‘भीड तितरबितर गर्नका लागि प्रहरीले ६ राउण्ड अश्रुग्यास हानेको छ। ३/४ जना प्रहरीलाई ढुंगा लागेर सामान्य घाइते भएका छन्’ एसपी विष्टले भने। 

जन्डिसको बिरामी भएर साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका नसिब चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो। मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरवाही गरेकाले उनीमाथि कारवाहीको माग गरेका छन्।

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए। उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए। तर, उनको भनाई अनुसार अस्पतालले न त उचित उपचार गर्‍यो, न त रिफर नै गर्‍यो। यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन्।

पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भईरहेका बेला बाहिर जम्मा भएका आफन्तहरुले अस्पतालमा ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको हो। हिजो मात्रै पीडितका आफन्तहरुले नोभा अस्पतालको रिसेप्सनमा समेत तोडफोड गरेका थिए। 

शुक्रबार अपरान्हदेखि नोभा अस्पतालमा प्रहरीको पहरा छ। आज बिहानैदेखि पीडितका आफन्तहरु अस्पतालमा आउन थालेका छन्। नसिभ चौधरी साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए। उनलाई जण्डिस भएको पुष्टि भएपछि उनी साउन ८ गते अस्पताल भर्ना भएका थिए।

उनको जन्डिस बढदै जान थालेपछि अवस्था चिन्ताजनक बन्दै गएको थियो। उनको अवस्था गम्भीर बनेपछि शुक्रबार अस्पतालले रेफर गरेका थियो। रेफर गरेपछि एम्बुलेन्समा राख्नेक्रममा नसिबको मृत्यु भएको हो। उनका बुवा कामका लागि तेस्रो मुलुक रहेको आफन्तहरुले बताएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.