भक्तपुरको सरस्वती मन्दिरमा पूजापाठ तथा अक्षरारम्भ गर्नेको भीडभाड

भक्तपुरको सरस्वती मन्दिरमा पूजापाठ तथा अक्षरारम्भ गर्नेको भीडभाड
सरस्वती मन्दिरको भित्तामा अक्षरारम्भ गर्दै बालबालिका। तस्बिर : जेनिस बाडे

भक्तपुर : आज श्रीपञ्चमी।  देशभरका सरस्वती थानहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। यसै अवसरमा भक्तपुरको सरस्वती खेलमा रहेको सरस्वती थानमा बिहानैदेखि पूजाआजा र बालबालिकालाई अक्षरारम्भ गराउने बाक्लो उपस्थिति रहेको छ। भक्तपुरको चांगुनारायण नगरपालिका-१ सरस्वतीखेलमा अवस्थित सरस्वती मन्दिरमा अभिभावकहरू पनि पूजापाठमा व्यक्त छन्। बिहानैदेखि मन्दिरमा माता सरस्वतीको पूजा गर्न भक्तजनहरू लाइन लागेका थिए। बर्सेनि श्रीपञ्चमीको अवसरमा मन्दिरमा भक्तजनहरूको बाक्लो भीड लाग्ने गर्दछ। 

null

एक प्रचलित किंबदन्ती अनुसार सत्य युगमा हाल  मन्दिरको गर्वगृह रहेको स्थानमा  सरस्वती माताको बसोबास थियो। एक समय सत्य युगमा सरस्वती माता माइतीघर जानलाई  तयार हुँदै जाँदै थिइन्। तयार भएर हिँडन लाग्दा सरस्वती मातालाई उननकी  सासू आमाले काम अह्याइन् ।  उनी त्यही काम गर्नमा व्यस्त भइन्। कामको भार धेरै भएका कारण काम गर्दागर्दै बिहान भइसकेको थियो तर, काम सकेको थिएन। त्यही समयमा भाले बासेको थियो। भाले बसेपछि कही जान हुँदैन भन्ने विश्वासले सरस्वती माता त्यही बसिइन् । त्यस समयदेखि सरस्वती माताको बास बसेको सम्झनामा आज पूजाआराधाना गर्ने प्रचलन रहेको हो। किंबदन्तीअनुरूप मन्दिरको गर्वगृहमा कुनै मूर्ति छैन। शरीर आकार बनाई स्थापना गरिराखिएको छ। बर्सेनि श्री पञ्चमीको अवसरमा मन्दिरमा माताको अनुहार र पाउ ल्याएर पूजा गरिन्छ। बोडेका श्रेष्ठ समुदायले मन्दिरमा माताको अनुहार र पाउ ल्याएर स्थापना गर्ने गरेका छन्।  

null

यस मन्दिरमा सरस्वती माताको दर्शन  तथा पूजा अर्चना गरे सीप र ज्ञान आर्जन हुने जनविश्वास रहेको छ। यही विश्वासका साथ मन्दिरमा आएका भक्तजनहरूले साना बाल बालिकहरूको अक्षराम्भ गरेका छन्। भक्तपुरका विभिन्न डाँडामा रहेका मठमन्दिरमध्ये एक मानिने यस मन्दिर मल्ल कालमै  निर्माण भएको बताइन्छ । 

nullnullnullnullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.