भक्तपुरका विभिन्न स्थानमा बाढी(तस्बिरसहित)

भक्तपुरका विभिन्न स्थानमा बाढी(तस्बिरसहित)
भक्तपुरका विभिन्न स्थानको बाढी। तस्बिर : जेनिस बाडे।
सुन्नुहोस्

भक्तपुर : आज राती परेको भीषण  वर्षाका कारण भक्तपुरका विभिन्न स्थान बाढीको चपेटामा परेको छ। 

मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भएका छन् ।  

बाढीले धेरै पसलका सामानहरु बगाएका छन्। कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको स्थानीयले आरोप लगाएका छन्।

null

रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखानामा  लाखौँको क्षति भएको प्रभावित परिवारले बताएका छन् ।

null

सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन् । हनुमन्तेको बाढी बालकोट पुलहुदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ । सडकबाट भेल बगेपछि यहाँका विद्यालयहरु बन्द भएका छन् । बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबनमा परेको छ ।

​​​​​​​nullnullnullnullnullnullnullnullnull

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.