स्वास्थ्य बिगार्ने कार्बाइड फलफूलमा

स्वास्थ्य बिगार्ने कार्बाइड फलफूलमा
फाइल तस्बिर।

मनै लोभ्याउने पहेंला केरा, मेवा, अम्बा, आँप, भुइँकटहर एकैनासले छिटो पकाउन कार्बाइड रसायन प्रयोग गरिँदै छ आजकल।

मनसुन सुरु भएको डेढ महिना भइसकेको छ। निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ। भूकम्पीय जोखिमका हिसाबले ११औं, जलउत्पन्न प्रकोपमा ३०औं, जलवायु परिवर्तनको असरले हुने बाढी, खडेरी र पहिरोमा चौथो र हरितगृह ग्यास उत्सर्जनका हिसाबले १०९ औं स्थानमा पर्छ।

त्यसैमा पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले विपद्मा थप मलजल गरेका छन्। यस वर्ष जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने तथा एनडीआरआरएमएले मनसुनजन्य विपद्बाट करिब १८ लाख जनसंख्या र ४ लाख १२ हजार घरधुरी प्रभावित तथा ८३ हजार घर प्रत्यक्ष प्रभावित हुने आकलन छ। 

वर्षात्को समयमा आउने बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिसँगै सबै अस्पतालका निर्देशकहरूले उपलब्ध गराएको जानकारीमा गर्मीपछि वर्षात्को समयमा सबैभन्दा बढी झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जन्डिस, हेपाटाइटिस ‘ए’ र ‘ई’, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब टाइफस, रुघाखोकी, छालाको पेटको संक्रमण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी देखिने गरेका छन्। अर्थात् दूषित खाना र पानी, लामखुट्टे, झिंगा, किराफट्यांग्रा, फोहोर, सर्पदंश तथा हिलोका कारण हुने संक्रमण विशेषत बढी छन्।

फलफूल र तरकारीको शुद्धता  :   मनै लोभ्याउने पहेंला केरा, मेवा, अम्बा, आ“प, भुइँकटहर एकैनासले छिटो पकाउन कार्बाइड रसायन प्रयोग गरिँदै छ आजकल। फलको राजा भनेर चिनिने आँप बजारमा प्रशस्तै देखिन्छन्। नियन्त्रित तापक्रममा राख्न र हानिकारक नभएको रसायन इथेफोन प्रयोग गर्न खर्चिलो भएकाले त्यसो गरिन्न। चाँडो बेचेर छिटो धनी हुन सस्ता, हानिकारक रसायन क्याल्सियम कार्बाइडद्वारा फलफूल पकाइन्छ।

जर्नल अफ इमर्जेन्सी मेडिसिनमा प्रकाशित अध्ययनमा कार्बाइड हाली पकाइएका फलफूलमा आर्सेनिक र फस्फोरस पाइन्छ। एसिटाइलिनले स्नायु प्रणालीमा प्रभाव पार्दै टाउको दुखाइ, क¬नै काममा मन नलाग्ने, बेचैनी, स्मरण Ôमतामा कमी, बढी निद्रा, अप्ठेरो अनुभवजस्ता असर पनि हुने देखाएको छ। 

यसरी जबरजस्ती पकाइएको फलफूलको स्वाद र सुगन्ध त कम हुन्छ नै, पौष्टिक तत्त्व पनि कम हुन्छ। नियमित खाँदा मुखमा घाउ, वाकवाकी आउने, बान्ता हुने, पखाला लाग्ने, ग्यास्ट्रिक हुने, पेटसम्बन्धी गम्भीर समस्या हुने र कहिलेकाहीँ ‘फुड प्वाइजनिङ’समेत हुन सक्छ। फस्फोरस, आर्सेनिक र क्याल्सियम कार्वाइडको प्रयोगले पाकेका फलफूलमा फस्फोरस, आर्सेनिक, न्यून पु्रmक्टोज तथा कम पोषण खाँदा क्यान्सरसम्म हुन सक्ने भएकाले अत्यन्त खतरनाक छ। इथरेल र कार्बाइड मन्द विष हो र मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्‍याउँछ। यसरी पकाइएको फलफूल खा“दा ग्यास्ट्रिक बढ्ने, पेट दुख्ने, पखाला लाग्ने, शरीर आलस्य हुने, रिगंटा लागेर मानिस ढल्नेसम्म हुन्छ। 

यदि तत्काल असर नपरे पनि लामो समयपछि फोक्सो, स्नायु प्रणाली र शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ। अत्यधिक प्रयोगले मधुमेह, उच्च रक्तचाप, पक्षघात, मुटुरोग, पत्थरी र क्यान्सरले आक्रान्त पार्छ। राम्रो र ताजा फलफूल बनाउन नोभान, मेटासिक्स र छिटो पकाउन इथिलिन, इथाफोननामक रसायन मिसाइन्छ। फलफूलमा मिसाइने रसायनले चिलाउने, चहराउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, रिगंटा, झाडापखाला, फुड

पोइजनिङ, ब्लड क्यान्सर, अपांगता, सुस्त :  मनस्थिति, प्रजनन क्षमतामा कमी, गलगाँड, मिर्गौलामा समस्या आदि निम्त्याइन्छ। तसर्थ सरकारले १४ वटा रसायनलाई आयात गर्न नपाउने भनी तोकेको छ तर खुलेयाम बिक्री वितरण भइरहेका छन्।

कार्बाइडबाट जोगिन  :   बेमौसममा पाइने फलफूल, सबैतिर एकनासले पाकेको, आकर्Èक, कालो कालो थोप्ला देखिएमा, स्वाद खल्लो भएमा कार्वाइडले समयपूर्व नै पकाएको ठान्नुपर्छ। फलफूलमा एकैनासको आकर्षक रङ देखियो, टल्कियो, कुनै भाग गलेको, कुनै भाग साह्रो भएको, बाहिर पहेँलो तरभित्र काँचो भए, स्वाद बिग्रेको, घरमा राखेको दुई—तीन दिनपछि फलफूलको बोक्रामा कालो रंग धब्बा देखिए रसायनद्वारा पकाइएको फल ठहर्छ।

फलफूल खानुअघि सफा पानीले राम्ररी धुनुपर्छ। धारामा केही मिनेट भिजाउनु पर्छ। यसो गर्दा बोक्राको रसायन सफा पानीले पखालिन्छ। कम्तीमा ८ घण्टा पानीमा भिजाएर मात्र रसायन हराउन सक्छ। आ“प र स्याउलगायतका फलफूललाई चाना पारेर खानुपर्छ। सबैभन्दा राम्रो त बेमौसमी वा समय अगावैका तरकारी, साग, फलफूल नखानु नै बेस हुन्छ। तुलनात्मक रूपमा स्याउ र सुन्तलाबाहेक अन्य फलफूल प्रयोग गर्दा भने ध्यान दिनै पर्छ।

लामखुट्टेको टोकाइ  :   लामखुट्टेको टोकाइबाट ब्याक्टेरिया, भाइरस र परजीवीद्वारा लाग्ने ६ खतरनाक रोग पर्छन्। संक्रमित एनोफिलिज लामखुट्टेको टोकाइले प्लाज्मोडियम परजीवीबाट लाग्ने औलो, एडिज एजिप्टाई र केही हदसम्म अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट डेंगु ज्वरो, एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट जिका फिवर, एडिज एजिप्टाई र अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट चिकनगुनिया, लामखुट्टेको टोकाइबाट बुचेरिया ब्यान्क्राफ्टी, ब्रुइयामलयी, बु्रइयाटिमोरीजस्ता परजीवीले लिम्फेटिक फिलिरियासिस र लामखुट्टेको टोकाइबाट जाप्निज इन्सेफलाइटिस पर्छन्। संसारभर लामखुट्टेको टोकाइबाट हरेक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यृ हुने गरेको छ। जसको अधिकांश हिस्सा औलोले लिने गरेको छ।

साबुनपानीले हात धोऔं  :   शुद्ध खानेपानी र सरसफाइका कारण ८८ प्रतिशत झाडापखाला हुने गर्छ। मिचीमिची साबुनपानीले हात धुँदा झाडापखाला लाग्ने दर र मृत्यृदर आधा वा ४५ प्रतिशतले कम हुन जान्छ।

साबुनपानीले हात धुनेबानी बसाल्दा श्वासप्रश्वासजन्य संक्रामक रोगहरू तथा त्यसबाट हुने मृत्यु ५० प्रतिशत कम हुन्छ। सु“डेनीले हात धोएर प्रसव गराउँदा १९ प्रतिशत तथा सुत्केरी आमाले साबुनपानीले हात धोएर नवजात शिशुको स्याहार गर्दा ४४ प्रतिशतले नवजात शिशुको मृत्यृदरमा कमी आउँछ।

- बुढाथोकी, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.