अवरुद्ध कर्णाली करिडोर खुल्यो
![अवरुद्ध कर्णाली करिडोर खुल्यो](https://annapurnapost.prixacdn.net/media/albums/20240731_111116_OsoBn01lxq_L07M8nfjsT.jpg)
हुम्ला : वर्षाले अवरुद्ध कर्णाली करिडोर खुलेको छ। कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको सर्केगाड गाउँपालिका-१ को खच्चादेखि खार्पुनाथ गाउँपालिका-१ अन्तर्गत छारे सुनाखाडा खण्डको सडक पहिरो पन्छाएपछि खुलेको हो।
असार २० गतदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगार्ड गाउँपालिकादेखि खापुनार्थ गाउँपालिका-१ को छारे सुनाखाडा खण्डको सडक खुलेको छ। छारे, सुनाखाडा खण्डको सडकमा आएको पहिरो करिब २८ दिनदेखि अवरुद्ध रहेको यो नेपाली सेनाले पहिरो पन्छाएपछि खुलेको चंखेली गाउँपालिका-५ का चक्रबहादुर तामाङले जानकारी दिए।
पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपालगञ्जदेखि हुम्लाको खार्पुनाथसम्म पुग्न ३२ दिनलागेको ट्रकका चालक शिबु थारुले बताए। सडक पन्छाएपछि ३२ दिन लगाएर हुम्लाको खापुनाथमा पुग्न बाध्य भएको थारुले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)