एमालेको सचिवालय बैठक आज, नेताहरुको जिम्मेवारी हेरफेर हुँदै

एमालेको सचिवालय बैठक आज, नेताहरुको जिम्मेवारी हेरफेर हुँदै
सांकेतिक तस्बिर

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय नेताहरुको कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि आज बिहान ११ बजे सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।  

एमालेले पार्टी कार्यालयमा बैठक बोलाएपनि मंगलबार राति बाढी पसेपछि आज हनुमानस्थानस्थित होटल बसेरामा बैठक बस्नेछ। बाढी पसेपछि बुधबार दिउँसोदेखि कार्यालय सरसफाइ र मर्मतको काम जारी रहेको छ। 

नेकपा एमालेले केन्द्रीय नेतालाई आफ्नै भूगोलको जिम्मेवारी दिन लागेको छ। यस अगाडि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो। अन्तर प्रदेश र अन्तर क्षेत्रका फरक फरक भूगोलमा कार्यक्षेत्र रहने गरी खटाएको एक वर्ष पूरा भएकाले आफ्नै कार्यक्षेत्रको जिम्मेवारी दिने निर्णय भएको थियो। 

नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने,प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ। बैठकबाट एमालेले विभिन्न ईञ्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.