एक महिनापछि काठे पुल निर्माण
![एक महिनापछि काठे पुल निर्माण](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_0HAGDktlvq_G62zKrVGSF.jpg)
हुम्ला : गत असार २० गते बिहीवार खोलाले बगाएको काठे पुल निर्माण भएको छ। खोला बढेर काठे पुल बगाएको एक महिनापछि काठे पुल निर्माण भएको हो।
खोलाले काठे पुल बगाएपछि सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिका सम्बन्ध टुटेको थियो। काठे पुल नहुँदा सिमकोटदेखि उत्तरी हिल्सा नाकासम्म र हिल्सा नाकादेखि सदरमुकाम सिमकोटसम्म सवारी रोकिएका थिए।
काठे पुल निर्माण भएपछि सावरी चल्न थालेको हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्लाका निमित्त योजना प्रमुख इन्जिनियर ओमप्रसाद कुहारले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)