रेसुंगा पोखरीमा स्नान गर्ने भक्तजनको घुइँचो
![रेसुंगा पोखरीमा स्नान गर्ने भक्तजनको घुइँचो](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_auSIynQgDW_hWmmdRkgGw.jpg)
गुल्मी : गुल्मीको धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थल रेसुङ्गामा साउने मेला चलिरहेको छ। कृष्ण औंसीको दिन आज रेसुंगा पोखरीमा स्नान गर्ने श्रद्धालु भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।
पोखरीमा स्नान गरेपछि जीवनमा गरेका पाप नष्ट हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। रेसुंगामा एकादशी र औँसीको दिन विशेष पूजा आराधना गर्न गुल्मी लगायत आसपासका क्षेत्रबाट श्रद्धालु आउने गर्छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)