सहकारीको दुना टपरी उद्योग

सहकारीको दुना टपरी उद्योग
दुनाटपरी बनाउने मेसिन।

स्याङ्जा : अर्जुनचौपारीमा रहेको एक सहकारीले दुनाटपरी उद्योग सञ्चालन गरेको छ। सहकारीप्रतिको धारणा नकारात्मक बन्दै गएका बेला गाउँपालिकामा रहेको एउटा सहकारीले महिलालाई लक्षित गर्दै उनीहरूलाई आयआर्जनमा जोड्ने गरी उद्योग सञ्चालनमा ल्याएको हो।  

अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको भगवतीमाई बहुउद्देश्यीय सहकारी लिमिटेडले यसै सातादेखि भगवतीमाई दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको हो। सहकारीले मेसिन उपलब्ध गराएपछि यहाँका महिलाले दुना टपरी बनाएर आयआर्जन गर्ने सक्ने भएका छन्। स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यले सहकारीले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष रुद्रबहादुर थापाले जानकारी दिए। 

दुनाटपरीका लागि आवश्यक कच्चा सामग्रीमा कटुस, सालका पात चाहिन्छ। यी सामग्री गाउँघरमा सहज रूपमा पाउन सकिन्छ। सहकारीले २ लाख ९४ हजार रुपैयाँमा मेसिन खरिद गरी ल्याएको हो। जन्मेदखि मृत्युपर्यन्तका सबै संस्कारमा आवश्यक पर्ने दुनाटपरीको महत्व ठूलो भएकाले बेरोजगारसहितको उद्यम प्रवद्र्धनका निम्ति यस्तो अभियान सञ्चालन गरिएको सहकारीका संरक्षक टुकराज अर्यालले बताए। स्थानीय केही महिलाले रोजगार पाएका छन् भने आवश्यक पर्ने स्थानीयवासीले आफ्नै गाउँघरमै दुनाटपरी खरिद गर्न सक्ने उनले बताए। 

पातलाई जोडेर मेसिनमा राखिन्छ। त्यसपछि मेसिनले अठ्याएर दुनाटपरीका (साना/ठूला) विभिन्न आकारमा बनाउने गरिन्छ। मेसिनले थिचेर दुनाटपरीको आकार दिएपछि सिन्को लगाउने काम भने हातले नै गर्नुपर्ने हुन्छ। सहकारीले एउटा दुनाकोे ३ रुपैयाँ र एउटा टपरीको ८ रुपैयाँ मूल्य निर्धारण गरिएको छ। दुनाटपरी बनाउने कच्चा सामग्री एउटा सानो पातको एक र ठूला पातका तीन रुपैयाँसम्म पारिश्रमिक दिने जनाएको छ। 

प्रायजसो दुना दुई वटा पात मिलाएर बनाउने गरिन्छ भने टपरीका लागि आकारबमोजिमका पातहरू चाहिन्छन्। स्थानीय महिलाले जंगलबाट पात ल्याएर सहकारीलाई बिक्री गर्ने गरेका छन्। पहिलो चरणमा २० महिला उद्यममा जोडिएका छन्। पालिकाभित्र हुने सबै सामाजिक कार्यहरू विवाह, व्रतबन्ध, पूजापाठ, जन्मोत्सव, मृत्यु तथा पितृकार्यमा समेतमा अत्यधिक आवश्यक पर्ने दुनाटपरीको निर्यात रोक्ने गरी सहकारी अघि बढेको सहकारीकर्मीको भनाइ छ।

सहकारीले महिला लक्षित रोजगारमूलक उद्यम सञ्चालन गरेर गाउँपालिकामा नमुना काम गरेको जनाउँदै पालिकाबाट हुने आवश्यक सहयोग गर्न तयार रहेको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए। अर्जुनचौपारीमा मात्र नभई अन्य पालिका र जिल्लामा समेत निर्यात गर्नेगरी उत्पादन बढाउन सहकारीलाई अध्यक्ष तिवारीको सुझाव छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.