किसानको आलु गाउँपालिकाले किन्यो

किसानको आलु गाउँपालिकाले किन्यो

बेनी : पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको आलुको बिउ खरिद गरेको छ। जलजला गाउँपालिका–६ शालिजाका तीन वटा किसान समूहले उत्पादन गरेको ३५ हजार ४७० किलोग्राम बिउ आलु खरिद गरेको हो। बिउ आलु बिक्री गरेका किसानहरूलाई १० लाख ७५ हजार चार सय ७० रुपैयाँ भुक्तानी गरेको गाउँपालिकाको कृषि शाखाका अधिकृत राजु गौतमले बताए।  

प्रगतिशील बिउ उत्पादक किसान समूहले उत्पादन गरेको दुई हजार दुई सय ७० किलोग्राम मुल बिउ प्रतिकेजी ३५ रुपैयाँका दरले ७९ हजार चार सय ७० रुपैयाँमा खरिद गरेको छ। नमुना र प्रगतिशील बिउ उत्पादक किसान समूहले उत्पादन गरेको ३३ हजार दुई सय किलोग्राम पहिलो पुस्ताको बिउ नौ लाख छ हजार रुपैयाँमा खरिद गरेको हो। 

बिउ उत्पादन गर्ने सबै किसानहरूलाई समूहहरूलाई नगद उपलब्ध गराएको हो। किसानबाट खरिद गरेको बिउ पोखरामा रहेको चिस्यान गृहमा भण्डारण गरेर राखिएको छ। बिउ, मल र उत्पादन सामग्री उपलब्ध गराउने गाउँपालिकाले किसानले उत्पादन गरेको आलुको मुल बिउ पनि खरिद गरिदिएको हो। गाउँपालिकाले किसानहरूबाट बर्खा याममा खरिद गर्ने बिउ चिस्यान गृहमा भण्डारण गर्ने र हिउँदमा किसानहरूलाइ नै बिक्री गर्ने गरेको छ। 

आलुको बिउ बिक्री गरेर जलजला गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा २९ लाख ७१ हजार छ सय ४९ रुपैयाँ आम्दानी गरेको छ। गाउँपालिकाको आन्तरिक आम्दानीको २२ प्रतिशत आलुको बिउ बेचेर भएको हो। जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बिउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बिउ विस्थापित र बिउ आलुमा आत्मनिर्भर बनाउन २ वर्षयता पिविएम (पुर्व बिउ आलु) कार्यक्रम सञ्चालन गरिएको बताए।  

‘जलजलाको धेरै भूगोलमा आलु खेती भएपनि वर्षौदेखि एउटै बिउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकिराको समस्या देखियो,’ उनले भने ‘गुणस्तरीय बिउ उत्पादन गरेर आलु उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मुल बिउ भित्र्याएर मुल बिउ उत्पादन गरि किसानलाई बिक्री वितरणको व्यवस्था मिलाएका छौं।’

उत्पादन भएको सबै बिउ गाउँपालिकाले खरिद गरिदिने सम्झौता भएकोले बिउ आलुलाई बजारको समस्या नहुने भएकाले उत्साही भएको प्रेमप्रसाद भुसालले बताए। २४ वर्षदेखि आलु खेती गर्दै आएका नारायणदत्त सापकोटाले धेरै वर्षपछि आलुको बिउ परिवर्तन गरेको बताए। 

लुम्ले कृषि अनुसन्धान केन्द्रले धेरै वर्षअघि शालिजामा बिउ आलु भित्र्याएको थियो। वल्लो पल्लो गाउँका किसानले साटेर सोही समयको बिउ र बजारबाट खरिद लगेर रोप्ने गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.