विर्तामोडमा १२ थान मोबाइलसहित कार चालक पक्राउ

विर्तामोडमा १२ थान मोबाइलसहित कार चालक पक्राउ
सुन्नुहोस्

झापा : झापाको विर्तामोडमा बिलबिनाको मोबाइल फोनसहित गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–१ अदुवा खोला छेउमा बुधबार दिउँसो साढे ४ बजेको समयमा डब्लुबी ७४ एएक्स १९७४ नम्बरको भारतीय कारलाई रोकेर चेकजाँच गरेका थिए। 

प्रहरीले कारभित्र लुकाइछिपाई लैजाँदै गरेको एप्पल कम्पनीको १२ थान मोबाइल बरामद गरेको थियो। बरामद गरिएको मोबाइलको आवश्यक कागजात नहुँदा कार चालक मेचीनगर नगरपालिका– १० का ३१ वर्षीय सुर मुखियालाई प्रहरी नियन्त्रणमा लिएको छ। 

बरामद गरिएको मोबाइलको नेपाली बजार मुल्य ६ लाख १५ हजार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बरामद गरिएको मोबाइल, कार र कार चालक मुखियालाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

त्यस्तै बुधवार साँझ इलाका प्रहरी कार्यालय काँकडभिट्टाले मेचीनगर नगरपालिका–६ काँकडभिट्टा भन्सार पछाडी हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको एक लाख ५२ हजार रुपैयाँ बराबरको विभिन्न सामाग्री समेत बरामद गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.