झापामा ६ महिनामा ५०९ वटा पशु चौपाया नियन्त्रण
![झापामा ६ महिनामा ५०९ वटा पशु चौपाया नियन्त्रण](https://annapurnapost.prixacdn.net/media/albums/vlcsnap-2024-08-26-09h57m38s968_vfQy8Plczz_vvcgUJz3xi.jpg)
झापा : झापामा ६ महिनामा ५०९ वटा पशु चौपाया नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा, त्यस मातहतका गुल्म र बिओपीहरुले ६ महिनाको अवधिमा ५०२ वटा गाई गोरु र ७ वटा राँगा भैँसी नियन्त्रणमा लिएर भन्सार बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले जानकारी दिए।
सीमा नाकाबाट अवैध रूपमा भारततर्फ लगिरहेका पशु चौपायाबाट २४ लाख ४ हजार मूल्य बराबरको राजश्व संकलन भएको छ।
गत फागुन १ गतेदेखि भदौ ५ गतेसम्म गाई गोरुबाट २२ लाख ३५ हजार रुपैयाँ र ७ वटा राँगा भैँसीबाट १ लाख ६५ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको डीएसपी पोखरेलले बताए।
जिल्लाका विभिन्न नाकाबाट गाई गोरु तस्करी मौलाएसँगै सशस्त्र प्रहरीले सक्रियता बढाएको उनको भनाइ छ। सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी चौबिसै घण्टा तैनाथ गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)