गुल्मीको रेसुंगा नगरपालिकामा मंगलबार सार्वजनिक बिदा

गुल्मीको रेसुंगा नगरपालिकामा मंगलबार सार्वजनिक बिदा

गुल्मी : गुल्मीको रेसुंगा नगरपालिकाले आज (मंगलबार) सार्वजानिक बिदा दिएको छ। गत साउन १४ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयानुसार कृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् आज सार्वजानिक बिदा दिइएको नगरपालिकाले जनाएको छ। 

रेसुंगा नगरपालिकाले भदौ ७ गते एक सूचना जारी गर्दै मंगलबार नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजानिक बिदा दिइएको हो। रोपाइँ जात्रा कार्यक्रमलाई भव्य बनाउनका लागि नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायत नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ। 

श्रीकृष्ण जन्माष्टमीको अर्को दिन तम्घास बजारमा विभिन्न क्लब, समूह, संघसंस्थाले रोपाइँ जात्रा लगायतका कार्यक्रमहरू गरेर यो पर्व मनाउने प्रचलन वर्षौंदेखि रहँदै आएको छ। 

निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पन्थीद्वारा हस्ताक्षरित सूचनामा प्रत्येक वर्ष कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट जिल्लाको सदरमुकाम तम्घास बजारमा सांस्कृतिक रोपाइँ जात्रा हुने हुँदा नगरबासीको सहभागीतालाई सहज र कार्यक्रमलाई भव्य बनाउका लागि सार्वजानिक बिदा दिइएको बताइएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.