डेढ सय वर्षदेखि चल्दै लाखे नाच

डेढ सय वर्षदेखि चल्दै लाखे नाच
लाखेको अन्तिम दिन सदरमुकाम खलंगामा रमाइलो गर्दै स्थानीय नेवार समुदायका युवा। तस्बिर : राजेन्द्र कार्की।
सुन्नुहोस्

जाजरकोट : इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच जाजरकोटमा नाच्न सुरु भएको डेढ सय वर्ष पुगेको छ। जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच सुरु गराएका थिए। अहिले यो नाच जिल्लाका सबै समुदायको साझा सम्पत्ति जस्तै भएको छ। जाजरकोटका सबै समुदायका मानिसले यसलाई साझा पर्वका रूपमा लिन थालेपछि यो नाच सबैको साझा सम्पत्ति भएको हो। भक्तपुरबाट जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले जिल्ला भित्र्याएका नेवार समुदायका गोविन्दमान भडेलले डेढ सय वर्षअघि सुरु गरेको लाखे नाच जाजरकोटको एउटा मौलिक र सामाजिक एकता दर्शाउने पर्व भएको स्थानीय महेन्द्र भडेलले बताए।

विगत केही समय सरोकारवालाहरूको बेवास्ताका कारण ओझेलमा परेको थियो। जिल्लाको महत्वपूर्ण पुरातात्विक सम्पदा भएकाले यसको संरक्षणमा आफूहरूले पहल गरेको नेवार समुदायका सत्रुघन भडेलले बताए। उनले गत कात्तिकमा गएको भूकम्पले धेरै जनधनको क्षति पुरयाएको र उक्त पीडा बिर्साउन पनि यस वर्ष लाखे नाचलाई निरन्तरता दिइएको बताए।

उनले प्रत्येक वर्ष साउन महिनाको कृष्ण त्रयोदशीका दिन गठेमंगल पर्व मनाउँदै यो लाखे नाच सुरु हुने बताए। सामाजिक एकता, मेलमिलाप र मनोरञ्जन दिनका लागि जिल्ला सदरमुकाम खलंगामा मात्रै देखाइने लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट सकिने गर्दछ। मंगलबार राक्षसको प्रतिकको रुपमा रहेका भप्पु र लाखेको भगवान कृष्णले बध गरेसँगै यो पर्व सकिएको छ। द्वापर युगमा भगवान््   श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै खलंगा बजार क्षेत्रमा लाखे नाच मनाउने चलन सबैका लागि मनोरञ्जनको उत्कृष्ट नमुना भएको ९१ वर्षीय स्थानीय रामजंग शाहले बताए।

नेवार समुदायमा प्रचलित लाखे नाच जाजरकोटमा निकै लोकप्रिय भए पनि सरोकारवाला र स्थानीयको बेवास्ताले विस्तारै संकटमा पर्न थालेको स्थानीय बासिन्दाको गुनासो छ। खासगरी युवापुस्ताको सक्रियता र चासोको अभावले लाखे नाच निरन्तर चलिरहेको भए पनि मौलिक बन्न नसकेको सरोकारवालाको गुनासो छ।

विगतमा निकै लोकप्रिय र भव्य स्थानीय पर्वका रूपमा रहेको लाखे नाच पछिल्लो समयमा स्थानीय बासिन्दाको बेवास्ताले लोप हुन थालेको छ। 

लाखे नाचका क्रममा स्थानीय लोकभाका, भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाईजात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यंग्य प्रहार गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ। लाखे नाचका बेला कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसीरूप गरेको लाखे र उसका सिपाइका प्रतीकका रूपमा विभिन्न काला, सेता र अन्य रंगका मुखुण्डो लगाएका भप्पु र अन्य हास्यपात्रका रमाइला र मनोरञ्जनात्मक गतिविधिले स्थानीय बस्ती र बजारमा छुट्टै रौनक छाउने गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.