मुग्लिन–नारायणगढ सडकको सिमलतालमा भारतीय बस र ट्रक ठोकियो
चितवन : चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा भारतीय बस र आईचर ट्रक ठोक्किएका छन् । आइतबार बिहान साढे ६ बजे मुग्लिङबाट नारायणगढ जाँदै गरेको ग २ ख ११०८ न. को आईचर ट्रकलाई र विपरीत दिशाबाट आउँदै गरेको एआर ०१ टी ६३७२ नम्बरको भारतीय बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक र ट्रकमा सवार २ जना घाइते भएका छन्।
दुर्घटनाबाट दुबै सवारी साधनमा सामान्य क्षति भएको बताइएको छ। दुर्घटनामा घाइते भएकामा धादिङ बेनीघाटका ट्रक चालक २८ वर्षीय राजन क्षत्रीको दाइने हातमा चोट लागेको छ। ट्रकमा सवार बाराका ३० वर्षीय मन्ज रावल बराईको घाटीमा चोट लागेको छ भने, सोही ठाउँका आशीष चौरासियाको पेटमा भित्रि चोट लागेको बताइएको छ।
दुर्घटनाबाट दुबै सवारी साधनमा सामान्य क्षति भएको बताइएको छ।