वृद्धाको सुन लुट्ने एक युवक पक्राउ
काठमाडौं : रामेछापको लिखु तामाकोशी गाउँपालिकास्थित नागदहकी ६० वर्षीय सुन्तलीमै तामाङको सुन लुट्ने एक युवकलाई पक्राउ परेका छन्।
गत साउन ३० गते दिउँसो वडा कार्यालयमा एकल महिला भत्ता कार्ड नवीकरण गरी घर फर्कने क्रममा आईरन खोलामा सुन लुट्ने १९ वर्षीय चन्द्र घिसिङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौसल न्यौपानेले जानकारी दिए। उनलाई शनिबार साँझ आहालडाँडाबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार घिसिङले घाँटीमा समातेर आँखामा खुर्सानीको धुलो छर्कि दुवै कानमा लगाएको नम्बरी सुनको रिङ दुवै कानको लोती चुडाई लुटपाट गरी लगेका थिए। घिसिङलाई फेला पारेर अनुसन्धान गर्दा उनले आफूले सुन लुटपाट गरेको स्वीकार गरेको र निजको शरीर खानतलासी गर्दा उक्त सुन फेला परेको प्रहरीको भनाई छ। घिसिङलाई रामेछाप जिल्ला अदालतबाट डाँका शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको न्यौपानेले बताए।