संविधानको मर्म र नियुक्तिसम्बन्धी निर्देशिकालाई आधार बनाएर राजदूत सिफारिस गर्न सरकारलाई ध्यानाकर्षण

राजदूत नियुक्तिलाई थप व्यवस्थित, कार्यसम्पादनमा आधारित बनाउन सरकार प्रयासरत छ : परराष्ट्रमन्त्री

संविधानको मर्म र नियुक्तिसम्बन्धी निर्देशिकालाई आधार बनाएर राजदूत सिफारिस गर्न सरकारलाई ध्यानाकर्षण
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाएर सिफारिस गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। मंगलबार बसेको समितिको बैठकले  राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाईसमेत ध्यान दिई सिफारिस गर्न ध्यानाकर्षण गराएको सभापति राजकिशोर यादवले जानकारी दिए।

 
बैठकको निर्णयमा भनिएको छ, ‘नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदुत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ लाई मध्यनजर गरी नेपाल सरकारले आगामी दिनमा विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्दान्तलाई ध्यान दिई सिफारिस गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने ।’

बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाको भारत भ्रमण र राजदूत नियुक्ति सम्बन्धमा छलफल गरेको थियो। छलफलमा परराष्ट्रमन्त्री देउवाले राजदूत नियुक्तिलाई थप व्यवस्थित,कार्यसम्पादनमा आधारित बनाउन सरकार प्रयासरत रहेको बताएकी थिइन्। उनले संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाएर राजदूत सिफारिस गरिएको बताइन्।

बैठकमा समिति सदस्यहरुले विभिन्न देशका लागि राजदूत सिफारिस गर्दा समानुपातिक–समावेशी सिद्धान्तलाई ख्यानल नगरिएको र आफ्ना मान्छेको भर्ति केन्द्र मात्रै बनाइएको धारणा राखेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.