पहिरोमा पुरिएर वडा सदस्य र उनका श्रीमानको मृत्यु, छोरी गम्भीर घाइते
![पहिरोमा पुरिएर वडा सदस्य र उनका श्रीमानको मृत्यु, छोरी गम्भीर घाइते](https://annapurnapost.prixacdn.net/media/albums/pahiro-57df9108256415.05340895_I32tgRAKpm_M96mqTKJPm.jpg)
जाजरकोट : बारेकोट गाउँपालिका-६ धुमाका मान बहादुर चलाउने र उनकी श्रीमती प्रेमकुमारी चलाउने मृत फेला परेका छन । पहिरोले घरसँगै पुरिएका चलाउने दम्पतीको शव केहीबेर अघि स्थानीय र प्रहरीले निकालेको डीएसपी पुरुषोत्तम पाण्डेले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए ।
उनका अनुसार ११ वर्षीय छोरी सम्झनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको थियो । राती १ बजे घटना भएपनि बिहान ६ बजे प्रहरी पुगेपछि ती बालिकाको उद्धार भएको डीएसपी पुरुषोत्तम पाण्डेले बताए ।
उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । प्रेमकुमारी वडा सदस्य हुन् । रातभर पानी परेकोले उद्धारमा कठिनाइ भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)