लामिछानेतर्फ इंगित गर्दै महासचिव पोखरेलले भने - वैकल्पिक राजनीतिले कस्तो सुशासन दिन खोजेको स्पष्ट भयो

लामिछानेतर्फ इंगित गर्दै महासचिव पोखरेलले भने - वैकल्पिक राजनीतिले कस्तो सुशासन दिन खोजेको स्पष्ट भयो
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ  दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ भन्ने जानकारी हुनुपर्ने बताएका छन्। पोखरेलले फेसबुकमार्फत रास्वपा सभापति रवि लामिछानेको नाम नलिइकन कम्पनीको दायित्व बिर्सेर आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्ति गलत रहेको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्चालमार्फत पोखरेले कम्पनीमा आएको पैसाको दायित्वबारे जानकारी नै नराखी कसरी सेयर होल्डर बन्न सक्छ भन्दै प्रश्न उठाए। पोखरेलले लामिछानेतर्फ इंगित गर्दै वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो प्रश्न गरे। 

‘कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ ।’ पोखरेलले भने,‘अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’ 

यता नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रमा हिउँदमा पुन : निर्वाचन हुन सक्ने संकेत गरेका छन्। प्रतिवेदन संसदबाट पारित भएपछि पूर्वमन्त्री बास्कोटाले राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पूरा हुने दाबी गरे। 

सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई रकम अपचलनमा दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ। तर, उनीसहित रास्वपा नेताहरूले भने ‘क्लिन चिट’  पाएको भन्दै अपव्याख्या गरिरहेका छन्।

‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा सेयर होल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन, खातावाला हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत दायित्व ग्रहण गर्नु पर्दछ।’ समितिको प्रतिवेदनमा भनिएको छ,‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।’


 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.