लेबनानमा हिज्बुल्लाहका १०० रकेट लन्चर नष्ट गरेको इजरायलको दाबी

लेबनानमा हिज्बुल्लाहका १०० रकेट लन्चर नष्ट गरेको इजरायलको दाबी
सुन्नुहोस्

इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ ।

इजरायली रक्षा बल (आईडीएफ)का अनुसार यी लन्चरहरू इजरायलमा आक्रमण गर्नका लागि तयार थिए।

दक्षिणी लेबनानमा रहेका हतियार गोदामहरूलाई पनि आइडीएफ हवाई आक्रमणमा निशाना बनाइएको बीबीसीमा समाचार छ।

लेबनानको राज्य-संचालित राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायलले बिहीबार साँझ ५२ वटा हवाई आक्रमण गरेको छ। लेबनानले  पनि उत्तरी इजरायलका सैन्य अड्डाहरूमा आक्रमण गरेको जनाइएको छ।

यसअघि हिजबुल्लाह नेता हसन नसरल्लाहले  दुश्मनको विष्फोटहरुले सबै सीमा, नियम र रेखालाई पार गरेको छ बताएका थिए।

लेबनानभर पेजर र वाकीटकी विस्फोट भएर कूल ३७ जनाको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी घाइते भएका बीबीसी समाचारमा उल्लेख छ ।

नसरुल्लाहले यी आक्रमणहरूलाई 'नरसंहार' भनेका छन्। 

उनले भने, 'यसलाई युद्ध अपराध भन वा युद्धको घोषणा जे चाहानुहुन्छ भन्न सक्नुहुन्छ। यो शत्रुको नियतपूर्ण कार्य हो।'

त्यस्तै इजरायलका रक्षामन्त्री योआभ ग्यालान्टले इजरायल अब युद्धको नयाँ चरणमा प्रवेश गरिरहेको छ।

अक्टोबर ८, २०२३ मा गाजाबाट हमासका सशस्त्र लडाकुहरूले इजरायलमा आक्रमण गरेका थिए। त्यसपछि इजरायल र हिजबुल्लाहबीच तनाव जारी छ।

त्यसबेलादेखि हिजबुल्लाहले प्यालेस्टिनी जनतासँग ऐक्यबद्धता गरी इजरायमा बमबारी जारी राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.