सिड्स फर द फ्युचरका विजेताले क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने

सिड्स फर द फ्युचरका विजेताले क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं : ह्वावेको अत्याधुनिक भविष्य माथिको प्रतिबद्धतालाई अन्तर्गत प्रतिभा तथा परम्परा आदान प्रदान कार्यक्रम अन्तर्गतका सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन्। 

यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो। जसले युवा विद्यार्थीहरूलाई डिजिटल नवीनता र सामाजिक समृद्धिमा योगदान पुर्‍याउन सहयोग गर्दछ।

कडा प्रतिस्पर्धा र मुल्यांकन प्रक्रियापछि यी ६ विद्यार्थीहरू, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल, र समृद्धि कार्की, ३०० भन्दा बढी आवेदकहरूका मध्यबाट विजेता बनेका हुन्। उनीहरूको यात्रा अब चीनमा चल्नेछ, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग ‘टेक फर गुड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। विश्वस्तरीय तालिम, मार्गदर्शन, र वास्तविक व्यवसायिक अनुभव समेत विद्यार्थीहरूले प्राप्त गर्नेछन्।

चीनमा हुने यस क्षेत्रीय प्रतियोगिताले विद्यार्थीहरूलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ, र कृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिनेछ। साथै उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यवसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिनेछ। उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागीता जनाउनेछन्।

प्रतिस्पर्धाका अतिरिक्त, सहभागीहरूले चीनको प्रगतिशील डिजिटल परिदृश्यको अन्वेषण गर्ने, उदाउँदा प्रविधि कम्पनीहरूसँग अन्तरक्रिया गर्ने, र तिव्र प्राविधि विकाससँग जोडिएको संसारको निर्माणमा आइसिटिको भूमिका अझ गहिरो रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन्।

यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रमले स्थानीय आइसिटि प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। नविनता र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ।

नेपालमा यो कार्यक्रम २०१९ मा सुरू भएको हो। जसले देशको प्रविधि परिदृश्यलाई आकार दिनका लागि दर्जनौं विद्यार्थीहरूलाई प्रेरित गरिरहेको छ।

सिड्स फर द फ्युचर कार्यक्रम, ह्वावेको विश्वव्यापी प्रयास अन्तर्गत, २००८ मा थाइल्याण्डमा सुरु भएको हो। हालसम्म विश्वभरका १४१ देशका १८ हजारभन्दा बढी विद्यार्थीहरूले यसबाट फाइदा उठाइसकेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.