कोल्हबीमा मृत भेटियो जंगली हात्ती
![कोल्हबीमा मृत भेटियो जंगली हात्ती](https://annapurnapost.prixacdn.net/media/albums/hatti_Ec5UPQNlvq_3XDDBnIq8M.jpg)
सिमरा : बाराको कोल्हबीमा आइतबार बिहान एउटा जंगली हात्ती मृत भेटिएको छ । कोल्हबी नगरपालिका २ स्थित भलुआईखोरमा हात्ती मृत भेटिएको हो ।
बस्ती नजिकैको जंगलमा हात्ती मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले हात्ती भेटिएको स्थानलाई सुरक्षा दिइरहेको छ ।
हात्तीको मृत्यु भएको कारण खुल्न सकेको छैन । पर्सा राष्ट्रिय निकुञ्जबाट प्राविधिकसहितको टोली घटनास्थलतर्फ जाँदैछन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)