घुन्सा हेलिकोप्टर दुर्घटनामा निधन भएकाको सम्झनामा स्मृति दिवस मनाइयो

घुन्सा हेलिकोप्टर दुर्घटनामा निधन भएकाको सम्झनामा स्मृति दिवस मनाइयो
सुन्नुहोस्

काठमाडौं :ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरूको सम्झनामा सोमबार घुन्सा स्मृति दिवस मनाइएको छ ।

२०६३ साल असोज ७ गते जैविक विविधतासम्बन्धी कार्यक्रममा भाग लिएर काठमाडौं फर्कने क्रममा तत्कालिन वन राज्यमन्त्री गोपाल राई, उहाकी धर्मपत्नी मीना राई, वन सचिव डाक्टर दामोदर पराजुली, वरिष्ठ भूगोलविद डाक्टर हर्क गुरुङसहित २४ जनाको निधन भएको थियो । यो दिनलाई घुन्सा स्मृति दिवस तथा राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउने गरिएको छ ।

स्मृति दिवसमा काठमाडौंको जगडोलस्थित राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति स्मारकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो । 

राष्ट्रिय सहिद तथा शान्ति पार्कमा घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको तस्बिरसहितको स्मारक बनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.