श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ
सुन्नुहोस्

कोलम्बो : श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुर कुमार दिशानायकले पद तथा गोपनीयताको शपथ लिएका छन्। श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति दिसानायकाले सोमबार पदतथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएका थिए।

विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहे। सन् २०२२ को आर्थिक सङ्कटको चरम अवस्थामा पदभार सम्हालेका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागू गरेका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहे।

सन् २०२२ मा श्रीलङ्कामा आएको आर्थिक मन्दीका कारण आम श्रीलङ्कावासीले पीडादायी कष्ट भोग्नु परेपछि दिसानायकाको समर्थनमा वृद्धि भएको थियो । सांसदहरू,बौद्ध धर्मगुरुका सदस्यहरू र समारोहबीच दिसानायकाले प्रधान न्यायाधीशसमक्ष शपथ ग्रहण गरेका हुन्।

शपथ ग्रहणपछि दिसानायकाले जनताको राजनीतिज्ञप्रतिको विश्वासलाई पूर्ण रुपमा पुनस्र्थापित गर्न आफू सक्दो प्रयास गर्ने बताएका छन्। उनले भने,'म जादुगर होइन। मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन्,तर म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु। त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।'

दिशानायक राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले राजीनामा दिएका छन्।  आफ्नो राजीनामा पत्रमा गुणवर्धनाले श्रीलङ्काको नवौं कार्यकारी राष्ट्रपतिको रूपमा दिसानायके निर्वाचित भएसँगै देशको संविधानअनुसार नयाँ मन्त्रीमण्डल गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिन लागेको उल्लेख गरेका छन्। दिशानायकाले चुनावमा विजय हासिल गरेपछि गुणवर्दनाले आइतबार राति नै उनलाई बधाइ दिएका थिए।

सन् २०२२ मा श्रीलंकमा भएको  आन्दोलनले तत्कालिन राष्ट्रपति गोटाबय राजपक्षलाई सत्ताच्युत गरेको थियो। त्यसपछि श्रीलंकामा अहिले पहिलो पटक निर्वाचन भएको हो। 
 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.