खोलानदीको नयाँ मापदण्ड खारेजको माग गर्दै माइतीघरमा प्रदर्शन

खोलानदीको नयाँ मापदण्ड खारेजको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं : उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ । खोलानदीको मापदण्ड खारेज गर्नुपर्ने भन्दै गैर न्यायीक सडक तथा मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको हो ।

null

उनीहरूले खोला मिच्न पाइँदैन,मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदै,गैर न्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । संघर्ष समितिका संयोजक सुमन सायमीले खोलानदीको मापदण्ड खारेज गर्दै जनतालाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिए।

null

मापदण्ड कायम गर्ने सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारले पुनरावलोकन निवेदन दिएको छ । सर्वोच्च अदालतले नदी संरक्षणसम्बन्धी एक मुद्दामा वागमती , विष्णुमतीलगायतका नदीहरूमा हाल २० मिटर मात्र खुला क्षेत्र रहेकामा थप २० मिटर राख्नुपर्ने आदेश दिएको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.