क्याप्टेन रामेश्वर थापाको पुस्तक नयाँ दिल्लीमा विमोचन

क्याप्टेन रामेश्वर थापाको पुस्तक नयाँ दिल्लीमा विमोचन

नयाँ दिल्ली : क्याप्टेन रामेश्वर थापाको पुस्तक इन्टु दि फायरको अन्तर्राष्ट्रिय लोर्कापण भारतको राजधानी नयाँ दिल्लीमा एक विशेष समारोहको बीच गरिएको छ । भारतका लागि कार्यवाहक नेपाली राजदूत डा.सुरेन्द्र थापा,नेपालका लागि पूर्व भारतीय राजदूत मन्जिभसिंह पुरी,क्याप्टेन थापा, भारत–नेपाल मामिलाका विज्ञ अशोक मेहतालगायतका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सो पुस्तक विमोचन गरिएको हो ।

किताब जात्राको चौथो दिल्ली संस्करणका अवसरमा सो पुस्तक विमोचनसाथै नेपाल–भारत सम्बन्धलगायत अन्य विभिन्न विषयमा प्यानल छलफलको आयोजना गरिएको थियो । कार्यवाहक राजदूत थापाले पुस्तकमा पुराना घट्नाक्रम उल्लेख भएको र त्यसलाई बुझ्नका लागि उपयोगी भएको बताए । उनले जुनसुकै पेशा र व्यवसायमा संलग्न भएपनि साहित्यको अध्ययन महत्वपूर्ण भएको बताए । विमोचन कार्यक्रममा बोल्दै पुरीले थापाको पुस्तक नेपालको राजनीति र भूराजनीति बुझ्नका लागि निकै उपयोगी रहेको बताउँदै पुस्तक प्रकाशन गरेकोमा बधाई दिए । साथै,उनले नयाँ पुस्तालाई विगत र अहिलेका विभिन्न परिस्थिती बुझ्नको लागि सो पुस्तक अध्ययन गर्न सुझाए ।

null

क्याप्टेन थापाले पुस्तकले १० वर्षे सशस्त्र द्वन्द्वको  समयको नेपाली समाजलाई चित्रित गर्ने प्रयास गरेको बताउँदै विगतको द्वन्द्वबाट  पाठ सिक्दै भविष्यमा त्यसलाई दोहोरिन नदिन पुस्तका समावेश विषयवस्तुले योगदान गर्नेमा आफू विश्वस्त रहेको बताए । भावी पुस्ताका लागि विगतको समाज,राजनीति र परिवेश बुझ्ने यो एक महत्वपूर्ण दस्तावेज भएको बताए । उनले भने,‘नेपाल र भारतको बीचमा सौहाद्र्धपूर्ण सम्बन्ध रहेको छ र यसलाई अझ गहन बनाउन आवश्यक छ । नेपाल र भारतको बीचमा विगत ७० वर्षेदेखिको लामो आर्थिक र विकास साभेदारी छ जसलाई अझ बढाउँदै लैजानुपर्नेछ । हामी भारतबाट नेपाली थप लगानी,प्रविधि हस्तान्तरण र सहयोग चाहान्छौं।’उनले दुईपक्षीय सम्बन्धलाई आर्थिक विषयमा केन्द्रित गर्नुपर्ने बताए ।

यसै सन्दर्भमा उनले गुरु योगी आदित्यको प्रसंग उल्लेख गदै उनले बारम्बार नेपाल र भारतलाई देवभूमिको उपमा दिने गरेको उल्लेख गरे । थापाले भने,‘तीन वर्षदेखि उहाँले नेपाल र नेपालीको साथै भारत र संसारको मानव जातिको उत्थान र मुक्तिको लागि कलम चलाउनु भएको छ । उहाँले करीब ५ हजार कापीमा लेखिसक्नु भएको छ र ७ वर्षको उमेरमा नै उहाँले निकै बहुमुल्य किताबहरू  प्रकाशन गर्नुभएको छ  त्यसैले उहाँलाई संसारकै कम उमेरको लेखकभन्दा फरक पदैन् ।’

null

जनरल मेहताले पुस्तकले माओवादी सशस्त्र द्वन्द्वको  समयको विभिन्न पक्षहर उजागर गरेको बताउँदै इतिहास र वर्तमान जान्न चाहनेका लागि पुस्तक निकै महत्वपूर्ण रहेको बताए । फरक प्रसंगमा मेहताले भारतले अगाडि सारेको अग्नीपथको बारेमा नेपाल र भारतको बीचमा कम्तीमा वार्ता र संवाद हुनुपर्ने र निष्कर्षमा पुग्नुपर्ने बताए । उनले विगत पाँच वर्षदेखि भारतीय सेना नेपाली भर्नाको प्रक्रिया रोकिएको बताउँदै दुवै देशका सरकारलाई यस विषयमा पहल गर्न सुझाव दिए ।

पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्ड्रटिजका सचिव अतुल के ठाकूरले पुस्तकमा विगतको नेपालको अवस्थाको विस्तृतमा उतारिएको बताउँदै नेपालको इतिहास र वर्तमान बुझ्नका लागि पुस्तकले महत्वपूर्ण योगदान गर्ने बताए । उनले नेपाल-भारत सम्बन्धमा विभिन्न पक्षहरूबारे धारणा राख्दै दुईपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताए ।

null

किताब जात्रा फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले किताब जात्राको चौथो संस्करणको अवसरमा थापाको पुस्तक विमोचन गर्न पाएकोमा खुसी व्यक्त गर्दै पुस्तकले नेपाली समाजको विभिन्न पाटोलाई उजागर गरेको बताए ।

यस अगाडि योगी चैतन्य आदित्यनाथ,प्रधानमन्त्री केपी शर्मा ओली,पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा सो पुस्तक काठमाडौंमा विमोचन भएको थियो । यस अगाडि थापाको बारुदमाथि उड्दा नामक पुस्तक प्रकाशन भएको थियो भने इन्टु दि फायर उनको अंग्रेजी भाषाको नयाँ पुस्तक हो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.