गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर महिला घाइते
![गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर महिला घाइते](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
गुल्मी : गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर महिला घाइते भएकी छन्। जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङ अडारे निवासी २७ वर्षीया माया रोका मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन्। करेन्ट लागेर घाइते भएकी रोका अहिले बोल्न नसक्ने अवस्थामा रहेकी छन्। सोमबार दिउँसो साढे ३ बजे तिर करेन्ट लागेको थियो।
उनको गुल्मी अस्पताल तम्घास उपचारका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। मुसाले काटेर नाङ्गो बनाएको बिजुलीको तारमा अचानक छुन गई करेन्ट लागेको भन्ने बुझिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)