विपद‍्मा परेका परिवारलाई राहात सहयोग

विपद‍्मा परेका परिवारलाई राहात सहयोग
फाइल तस्बिर।
सुन्नुहोस्

डडेल्धुरा : अविरल वर्षाका कारण विपद्मा परेका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराले गन्यापधुरा गाउँपालिकाका पहिरो प्रभावित तीन परिवारलाई राहत वितरण गरेको हो ।

साउन ३२ गतेको अविरल वर्षासँगै आएको पहिरोले प्रभावित भएका गन्यापधुरा गाउँपालिका –२ की मुन्नीदेवी भण्डारीलाई १५ हजार तथा भदौ २८ गते पहिरोले घर क्षति भएका गन्यापधुरा –२ का इश्वरीदेवी पाल र देबबहादुर देउवालाई २०/२० हजार राहतस्वरूप उपलब्ध गरेको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । 

यस्तै,बहुउद्देश्यीय विकास समाज (एमपिडिएस) डडेल्धुराले पनि प्रभावित भएका परिवारलाई सहयोग गरेको छ । उसले प्रतिपरिवार २५ किलो चामल, दुई लिटर तेल, चार किलो दाल, दुई किलो चिनी र १ किलो नुन सहयोग गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

गन्यापधुरा गाउँपालिका–२ का वडा अध्यक्ष मनोजबहादुर देउवाका अनुसार तीनैजनाको घर पूर्ण क्षति भएको थियो भने राहतका लागि वडा कार्यालयले सिफारिस गरेको थियो । चाडपर्वको बेला प्रभावितलाई मिलेको राहतले उनीहरूलाई ठूलो सहयोग मिलेको वडा अध्यक्ष देउवाले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.