काभ्रेमा ५ वर्षीय बालक काजकिरिया गर्दै, सहयोगका लागि राहत संकलन
साउदी अरब : केही समयअघि पहिरोमा परेर काभ्रेको पनौती-१ भञ्ज्याङकी ३१ वर्षीया छोरी सविता सापकोटाको मृत्यु भयो। अहिले उनका छोरा ५ वर्षीय बालक काजकिरिया गर्न बसेका छन्। बाबुको पहिचान नखुलेपछि सविताको छोरा किरिया बसेका हुन्।
गत असोज १२ गते शनिबार बिहान सुतेकै ठाउँमा रामप्रसादका ३१ वर्षीया छोरी सविता र रश्मिलालाई पहिरोले पुरेको थियो। भोलिपल्ट मात्रै उनीहरूको शव भेटिएपछि दाहसंस्कार गरिएको थियो।
१० दिनबाट राखेर १२ दिनमा सकाउने गरी किरियाकर्ममा राखिएको स्थानीय तुलप्रसाद सापकोटाले बताए। छोरीको श्रीमानतिरको कुनै सम्पर्क र सम्बन्ध नै नभएको अवस्था रहेको तथा गोत्र परिवर्तन भएपछि बाबुले पनि किरियाकर्म गर्न नमिल्ने अवस्थामा सानो बच्चालाई किरिया कर्ममा राखिएको हो।
साथै ‘श्रीमान् बच्चा जन्मिनु अघिदेखि नै सम्पर्क बिहीन रहेको बताए भने घटनापछि १० दिनको दिन कर्ममा राखेर १२ दिनमा किरियाकर्म सकाउने तयारी रहेको समेत बताए।
किरियाकर्म गराउने गुरु कुशादेवीका राममणि अधिकारीले पनि घरथर केही पहिचान नभएकोले दुःखमा रहेको परिवारलाई एउटा कर्म फुकाइदिन ५ वर्षको बच्चालाई किरियाकर्ममा सहभागी गराएको बताए।
उनको परिवारको पहिचान केही खुलेको छैन। ‘सुत्केरी भएको तीन दिनमा श्रीमान् श्रीमती र बच्चा छोडेर हिँडेको भन्नेसम्म सुन्यौं। तर घरथर केही जानकारी भएन। तसर्थ कुण्डली हेरेपछि नाम जुराइदिएर प्रक्रिया मात्रै फुकाइदिएको हो,’ उनले भने।
बाबु राम प्रसादले घरमा सुतिरहेका बेला दुई छोरीहरूको पहिरोमा परी ज्यान गएको बताए। उनले बचाउन जाँदा आमा घाइते भएकी र मेरुदण्डमा गम्भीर चोट लागेर धुलिखेल अस्पतालमा उपचार भइरहेको बताए। आफूले ज्याला गरि कमाएको सम्पत्ति सबै पहिरोले लगेको र बच्चाको सहारको स्वरूप स्वास्थ्यका लागि सहयोगी गरिदिन आग्रह गरेका छन्। उनले भारी बोकेरै ५/६ जनाको परिवार पालिरहेका छन्।
साउदीमा रहेका नेपालीहरुले सहयोग गर्न थालेको छन्। सहयोग रकम केही दिनभित्र रकम संकलन गरेर हस्तान्तरण गरिने छ।