१५ वर्षीया किशोरी खाल्डोमा अचेत भेटिइन्, अस्पताल पुर्‍याउनसाथ मृत्यु

१५ वर्षीया किशोरी खाल्डोमा अचेत भेटिइन्, अस्पताल पुर्‍याउनसाथ मृत्यु
घटनास्थलमा लडिरहेको अवस्थामा फेला परेको साइकल।

विराटनगर : मोरङको सुनवर्षीमा पानी जमेको खाल्डोमा डुबेर अचेत भएको अवस्थामा फेला परेकी एक किशोरीको मृत्यु भएको छ। 

प्रहरीका अनुसार सुनवर्षी नगरपालिका-६ की १५ वर्षीया प्रीतिकुमारी पासवानको मृत्यु भएको हो। घरदेखि अन्दाजी ६ सय मिटर उत्तर-पूर्वस्थित डाइनिया-अमरदह भित्री सडक खण्डको पानी जमेको खाल्डोमा मंगलबार बिहान ११ बजेतिर घोप्टो परेको अवस्थामा बालिकालाई फेला पारिएको मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीले बताए। 

उनका अनुसार बेहोस अवस्थामा भेटिएकी बालिकालाई उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी ओलीले दिए। प्रहरीका अनुसार बालिका बिहान घरबाट साइकलमा निस्किएकी थिइन्। घर फर्किएर नआएपछि खोजी गर्ने क्रममा पानी जमेको खाल्डोमा घोप्टो परेको अवस्थामा उनी भेटिएको प्रहरीले जनाएको छ। साइकल भने सडकमै लडिरहेको अवस्थामा फेला परेको थियो। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्तपालमै राखिएको छ। 

मृतक प्रीतिकुमारीका बुबा रामप्रसाद पासवान वैदेशिक रोजगारीमा दुबईमा रहेको प्रहरीले जनाएको छ। छोरीको मृत्युको खबर सुनेपछि उनी नेपाल फर्किने तयारीमा रहेको बताइएको छ। बुबा आएपछि मात्रै शवको पोस्टमार्टम गर्ने तयारी प्रहरीले गरेको छ। 

बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान सुरु गरिएको जानकारी इन्स्पेक्टर ओलीले दिए। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.