काभ्रेका ५ वर्षीय बालकको सहयोगका लागि साउदीबाट १ लाख ९६  हजार संकलन

काभ्रेका ५ वर्षीय बालकको सहयोगका लागि साउदीबाट १ लाख ९६  हजार संकलन

साउदी अरब : नेपालमा गत  असोज १०/१२ गते अविरल वर्षाबाट आएको पहिरोमा परी काभ्रे पनौती–१ भञ्ज्याङका रामप्रसाद सापकोटाकी ३१ वर्षीया छोरी सविताको मृत्युपश्चात उनका छोरा  ५ वर्षीय बालक काजकिरिया गर्न बसेका थिए।  

साथै  बाबुको पहिचान नखुलेपछि सविताकै ५ वर्षीय छोरालाई रीतिरिवाज अनुसार किरियाकर्ममा राखिएको थियो । यो दुखद खबरले साउदीमा रहेका मनकारी नेपालीहरूले सहयोग संकलन गरेका छन्। 

अहिलेसम्म यो  बच्चाको लागि १ लाख ९६  हजार ४५३  रूपैयाँ उठेको छ। अब केही दिनभित्र रकम संकलन गरेर रकम हस्तान्तरण गर्ने कार्यक्रम छ।  

 
बालकको हजुरबा रामप्रसाद सापकोटाका अनुसार घरमा सुतिरहेका बेला दुई छोरीहरूको पहिरोमा परी ज्यान गएको थियो।  बचाउन जाँदा आमा घाइते भएकी र मेरुदण्डमा गम्भीर चोट लागेर  उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।  आफूले ज्याला गरी कमाएको सम्पत्ति सबै पहिरोले लगेको सापकोटाले दुखेसो गरे। उनले पनौती १ मा भारी बोकेरै  ५/६ जनाको परिवारको गुजारा गर्दै आएका बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.