गढीमाई मन्दिरको दानपेटिकाबाट २५ दिनमा करिब चार लाख भेटी संकलन

गढीमाई मन्दिरको दानपेटिकाबाट २५ दिनमा करिब चार लाख भेटी संकलन
सुन्नुहोस्

सिमरा : विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरमा राखिएको चार वटा दान पेटिकामध्ये सोमबार एउटा दानपेटिकाको भेटी गणना गरिएको छ। घटनास्थापना अर्थात असोज १७ गतेदेखि कात्तिक ११ गतेसम्म मूल मन्दिरमा राखिएको दानपेटिकाको भेटी गणना गरिएको हो।

२५ दिनमा उक्त दानपेटिकाबाट तीन लाख ८७ हजार चार सय ७४ रुपैयाँ भेटी संकलन भएको छ। महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले दानपेटिकाबाट नेपालीसहित विभिन्न देशको मुद्रा र चाँदीले बनाइएको गढीमाईको पाँच जोडी आँखा संकलन भएको जानकारी दिए। 

नगर प्रमुख यादव, गढीमाई विकास समितिका पदाधिकारीको उपस्थितिमा भक्तालुले चढाएको भेटी गणना गरिएको थियो। चार वटा दानपेटिकामध्ये एउटाको गणना गरिएको र अन्यको मंगलबार गणना हुने नगर प्रमुख यादवले बताए। 

‘मुख्य मन्दिरमा राखिएको दानपेटिकाको गनेर सकेका छौं, अन्यको भोली गनिनेछ’ यादवले भने ‘मुख्य मन्दिरबाहेक अन्य पेटीकाको भेटी धेरै नहुनसक्छ। सम्भवत भोली सकिन्छ। ’ दानपेटिकाबाट संकलन भएको रकम गढीमाई विकास समितिको कोषमा जम्मा गरिने नगर प्रमुख यादवले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.