आज तिहारको चौथो दिन : स्नेहाज केयरमा यसरी गरियो गाईको पूजा
![आज तिहारको चौथो दिन : स्नेहाज केयरमा यसरी गरियो गाईको पूजा](https://annapurnapost.prixacdn.net/media/albums/gai_puja_6_AaB2wJ7hCs_NgfC3u2HDq.jpg)
काठमाडौं : कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौंथो दिन आज गई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
यसैअवसरमा ललितपुरको भैसीपाटीस्थित स्नेहाज केयरमा गाई पूजा मनाइएको छ। स्नेहाज केयर नेपालको सबैभन्दा ठूलो पशु कल्याण संस्था हो। २०१५ सालमा स्थापना भएको उक्त संस्थाले हरेक वर्ष गाई पूजा मनाउँदै आएको छ।
वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।
यसैगरी आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)