जाजरकोटमा फोर्स गाडी र जिप ठोकिँदा चार घाइते

जाजरकोटमा फोर्स गाडी र जिप ठोकिँदा चार घाइते
सुन्नुहोस्

जाजरकोट : जाजरकोटमा मंगलबार अर्को सडक दुर्घटना भएको छ। फोर्स गाडी र जिप एक आपसमा ठोकिँदा चार जना घाइते भएका छन्। 

जाजरकोट भेरी नगरपालिका-१२ रातोपोखरास्थित छिन्चु जाजरकोट सडक खण्डमा दुर्घटना भएको हो। सोमबार मात्र दुई छुट्टाछुट्टै दुर्घटनामा ३९ जना घाइते भएका थिए। एकपछि अर्को दुर्घटना हुन थालेपछि स्थानीय चिन्तामा परेका छन्।

नेपालगन्जबाट जाजरकोट तर्फ आउँदै गरेको लु २ ख ५८३६ नम्बरको फोर्स गाडी र विपरीत दिशाबाट जाँदै गरेको लु १च ५२९९ नं को जिप ठोकिँदा फोर्स गाडीमा रहेका रुकुम पश्चिम चौरजहारी नगरपालिका-३ की २७ वर्षीया सपना कुमारी महर, जाजरकोट नलगाड नगरपालिका-७ की ६३ वर्षीया गंगा बिक, जिल्लाकै कुशे गाउँपालिका-६ की २१ वर्षीया माया तिरुवा र  दाङ शान्तिनगर गाउँपालिका-७ की ३७ वर्षीया बिमला थापा घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको उपचारका लागि जिल्ला अस्पताल जाजरकोट तर्फ पठाएको प्रहरी सहायक निरीक्षक देव बहादुर नेपालीले बताए। दुवै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

सोमबार भएका दुर्घटनाका घाइते ११ जनालाई हेलिकोप्टरबाट सुर्खेत लगेर प्रदेश अस्पतालमा उपचार भइरहेको छ। केहीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.