विष सेवनबाट वृद्ध महिलाको मृत्यु
![विष सेवनबाट वृद्ध महिलाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/dead_20190729113216_v6V9EjkOaf_apCYatfCkZ.jpg)
कालिञ्चोक गाउँपालिका २ बाबरेकी ८४ वर्षीय पदमकुमारी कठायतको विष सेवनबाट मृत्यु भएको छ। कात्तिक २७ गते नाम नखुलेको विष सेवन गरेर भमिट गरिरहेको अवस्थामा छोरा नरबहादुर कठयातले देखेपछि रोल्वालिङ सामुदायिक अस्पताल सिगटीमा उपचारका लागि लगेका थिए ।
सामान्य उपचारपछि २८ गते पशुपति चौलागाँई स्मृति अस्पताल चरिकोटमा ल्याइएको भए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चरिकोटले जनाएको छ । विष सेवन गर्नुको कारण भने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)