त्रिवि खेल मैदानमा अनलाइन जुवा खेलाउने चार भारतीय पक्राउ
काठमाडौं : कीर्तिपुरस्थित खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन जुवा खेलाएको आरोपमा चार भारतीय पक्राउ परेका छन् । गत शनिबारदेखि एनपीएल सुरू भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार दुईजना र मंगलबार दुईजना भारतीय नागरिक पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता होविन्द्र वोगटीका अनुसार उनीहरूले मैदानमा नै अनलाइन जुवा ‘बेटिङ’ खेलाएका थिए ।
सोमबार सुमन घोस र अमित यादव र मंगलबार सुमन्त कुमार र बज्रेस कुमार पक्राउ परेका हुन्। पक्राउ परेकाले स्पोर्टस बाजी, प्रोभोलगायतका एपबाट बेटिङ गराउने गर्थे । प्रवक्ता बोगटीले भने, 'उनीहरूले लाखौं रुपैयाँको बेटिङ गराएको हुनसक्छ । हामीले अनुसन्धान गर्न बाँकी नै छ । उनीहरूलाई कीर्तिपुरस्थित त्रिवि खेलमैदानबाटै पक्राउ गरिएको हो ।
उनीहरूमाथि म्याद थप गरी अनुसन्धान हुने प्रहरीले बताएको छ।