शून्य रनमै जनकपुरका ओपनर शाह आउट
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट लिएको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले दिएको १२३ रनको लक्ष्य पछ्याएका जनकपुर बोल्ट्सका ओपनर अनिल शाह आउट भएका हुन्।
२.१ ओभरमा सैफ जैबलले उनलाई शून्य रनमै बोल्ड आउट भए।
जनकपुरका लागि किशोर महतोले सर्वाधिक ४ विकेट लिएका थिए। उनले ४ ओभरमा ३५ रन खर्चिए। शेर मल्ल र अरनिको यादव २÷२ विकेट लिए। हर्ष थाकरले १ विकेट लिए। जनकपुर ४ खेल खेलिसक्दा हालसम्म अपराजित छ। त्यस्तै समान ४ खेल खेलेको सुदूरपश्चिम रोयल्स भने ३ जित र १ हारसहित अंक तालिकामा सुदूरपश्चिम रोयल्सलाई पछ्याइरहेको छ।
प्रतिक्रिया दिनुहोस !