करन रावलले जिते मनकामना–गोरखकाली म्याराथन

करन रावलले जिते मनकामना–गोरखकाली म्याराथन
सुन्नुहोस्

गोरखा : गोरखाको मनकामनादेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड नेपाली सेनाका करन रावलले जितेका छन्। शनिबार आयोजना गरिएको ४२.१९५ किलोमिटर लामो म्याराथन दौड २ घण्टा ३६ मिनेट ७ सेकेन्डमा पार गर्दै रावलले उपाधि जितेका हुन्। जिल्ला खेलकुद विकास समिति गोरखाले उनलाई १ लाख ५० हजार नगद पुरस्कार प्रदान गरेको छ।

निर्धारित दूरी २ घण्टा ४० मिनेट ४४ सेकेन्डमा पार गर्दै नेपाली सेनाकै होमलाल श्रेष्ठ उपबिजेता बनेका छन्। उनले एक लाख नगद पुरस्कार पाएका आयोजना जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ। नेपाली सेनाकै गजेन्द्र राईले तेस्रो स्थान हाँसिल गरेका छन्। निर्धारित दूरी उनले २ घण्टा ४४ मिनेट ६ सेकेन्डमा पार गरेका समितिका अध्यक्ष शान्तिसिंह बस्न्यातले जानकारी दिए। उनले ७५ हजार नगद पुरस्कार पाएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष शान्तिसंह बस्नेतले बताए। प्रतियोगितामा गोबिन्द कार्की चौथो, गोपाल तामाङ पाँचौ, सुवास कार्की छैठौँ र तिलक सुनुवार सातौँ बनेका छन्। निर्धारित दूरी उनीहरूले क्रमशः २ घण्टा ४५ मिनेट ४२ सेकेन्ड, २ घण्टा ४७ मिनेट ५८ सेकेन्ड, २ घण्टा ४८ मिनेट ३२ सेकेन्ड र २ घण्टा ४० मिनेट १६ सेकेन्डमा पार गरेका थिए। उनीहरूले क्रमशः ६० हजार, ५० हजार, ४० हजार र ३५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। 

खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा कुल १ सय ५ जना सहभागी थिए। मनकामना मन्दिर परिसरबाट सुरु भएको दौड ताक्लुङ, तीनमाने भञ्ज्याङ, घैरुङ, नाम्जुङ, काहुलेभँगार (लखन थापा स्मारक), बुङ्कोट, ढुंगागाडे, अस्पतालचोक, हरमटारीचोक, बसपार्क, पस्लाङचौतारा, धारापानी, विपीचोक, ठूलोआँगन, सतिपीपल, गैरीकुवा, हनुमानढोका हुँदै गोरखकाली मन्दिर पुगेर टुंगिएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.