दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश दिएको हो।

जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएपनि गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै प्रसाईंका छोरा निराजन प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथि आज प्रारम्भिक सुनुवाइ गर्दै प्रसाईंलाई हिरासतमा राख्नुको कारण र बन्दीसहित उपस्थित हुन आदेश दिएको हो।

सीआईबी,प्रहरी प्रधान कार्यालय नक्साल,नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार र काठमाडौं जिल्ला अदालतलाई रिटमा विपक्षी बनाइएको छ। साइबर अपराधमा पक्राउ परेका प्रसाईंलाई यसअघि जिल्ला अदालत काठमाडौंले धरौटीमा छोड्न आदेश दिएको थियो। धरौटीमा छोड्न आदेश दिएपनि उनीमाथि अर्को मुद्दा अनुसन्धानकै क्रममा रहेकाले लगत्तै पक्राउ परेका थिए। हाल प्रसाईंमाथि भारतीय आपराधिक समूहको नाममा व्यवसायीलाई धम्क्याएर पैसा मागेको  आरोपमा अनुसन्धान भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी झुठो र भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा उनी गत मंसिर ५ गते पक्राउ परेका थिए।  प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिजाउँदै प्रसाईंले केही कागजात सार्वजनिक गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.