कसरी बन्छ समृद्ध नेपाल ?

कसरी बन्छ समृद्ध नेपाल ?

नेपाल बन्ने अनेकौं कारण छन्। नबन्ने वा बन्न नसक्ने पनि त्यत्तिकै कारणहरू छन्। बन्ने कारणलाई आत्मसात् गरेर नबन्ने कारण त्याग्दै जाँदा नेपाल बन्छ।  आधुनिक विश्वमा समृद्धि, विकास र आधुनिकता अभिन्न छन्। विकास समृद्धि र आधुनिकता एकाएक रातारात भित्रिँदैन, मिल्दैन। त्यसको लागि दूरगामी दृष्टि, अनुशासन, लगाव मेहनत र देशभक्तिको अठोट जरुरी हुन्छ। विकासका प्रशस्त सम्भावना र प्राकृतिक रूपमा नेपाल  वैभवशाली मुलुक भएको थुप्रै आधार छन्। तर, पनि सदुपयोग गर्न नजानेर नै आजको स्थिति उत्पन्न भएको हो। 

 सर्वप्रथम प्राथमिकता निर्धारण गर्नु आवश्यक हुन्छ। अनुशासन, पारदर्शिता र मेहनत नेतृत्व क्षमता आदि तŒवका आधारमा समृद्धिको खाका कोरियो भने शायद पछाडि फर्कने स्थिति आउँदैन। कुनै पनि सिद्धान्त आफैंमा साध्य होइन साधन हो। हाम्रो प्रमुख आवश्यकता र सिद्धान्त हो नेपालवाद। हामीलाई आफ्नो आवश्यकता र औचित्यले डोर्‍याउनु पर्छ। जबर्जस्ती लादिएका र बोकाइएका सिद्धान्तका भारीले हामी थिचिएका छौं। नेपालवादको खाका कोरेर गन्तव्य तय गरियो भने नपुग्ने कुनै ठाउँ छैन। खाँचो हो भिजनरी नेतृत्व संकल्प, अठोट र दृढता। 

व्यक्ति, व्यक्ति इमान्दार हुँदा सिस्टम प्रभावकारी र चलायमान बन्छ। हाम्रो आधारभूत तथ्य भनेको प्राथमिकता निर्धारण गर्न चुक्नु रहेको छ। कुनै पनि कुराको तत्काल आवश्यकता र औचित्यको आधार खोजेर दीर्घकालीन लक्ष्यसहितको गन्तव्य निर्धारण गर्नु र सो प्राप्त गर्न तन्मयका साथ लाग्नु नै विकास सफलता सूचक हुन्। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन दृष्टिबोध गरेर, लक्षित वर्ग र समुदायको हित हेरेर उनीहरूको हक अधिकार विकास निर्माण कर्तव्य र भूमिका सबल र सशक्त बनाउनु पर्छ।

गरिबीको रेखामुनि रहेका सीमान्तकृत, वर्ग, महिला, दलित, जनजाति र उपेक्षित समुदायलाई मूलधारमा समाहित गराउन राज्यले अहम् भूमिका निर्वाह गर्नुपर्छ। र, यथोचित जनपरिचालन गर्दा देश बलियो बन्दै जान्छ।  विकास र समुन्नतिको पथमा मुलुक यात्रारत हुन्छ। नागरिकका आधारभूत आवश्यकता भनेको गाँस, बास र कपास हुन्  अर्थात् आत्मसम्मान, छाना नाना र खाना पहिलो सर्त हो। स्वतन्त्रता, स्वास्थ्य, शिक्षा, सुरक्षा रोजगार र पहिचान, विकास, समृद्धि क्रमशः आउँछन्। अहिलेको अवस्थालाई चिर्न निम्न बुँदामा ख्याल गर्नुपर्ने देखिन्छ। 

  समय व्यवस्थापन र अनुशासनः समयको सदुपयोगबिना कुनै व्यक्ति, समुदाय, समाज र राष्ट्रले उन्नति गर्न सक्दैन। समयभन्दा अमूल्य चिज संसारमा केही छैन भन्ने बुझ्न र सहज व्यवस्थापन गरेर व्यक्ति र राष्ट्रको जिन्दगी सरल र सहज बनाउन सकिन्छ। 

नेपालीहरूसँग समयलाई महŒव दिने संस्कार र सभ्यताको अभाव देखिन्छ। जुन दुर्गतिको कारण हो। सबै किसिमका अराजकताको अचुक औषधि हो अनुशासन। अनुशासन विधिको पालन र विधानको मर्यादाभित्र बस्ने सुन्दर अभ्यास हो। समय व्यवस्थापन र अनुशासनलाई पर्यायको अर्थमा बुझ्न सकिन्छ।  विश्वका विकसित समाज समयलाई महŒव दिएकै कारण आज सो स्थानमा पुग्न सकेका छन्।

 सही समयमा सही निर्णयः कुनै पनि निर्णय सही समयमा सही तबरले गर्न सकियो भने सफलताको प्रथम सूत्र नै बन्न सक्छ। निर्णयमा विलम्ब ढिलासुस्ती र अनावश्यक दबाब र प्रभावबाट गरिने निर्णयले उचित मार्ग पक्रन सक्तैन। अतः समय र परिस्थिति हेरेर कहिले लचक र कहिले कठोर दुवै बन्ने ल्याकत राख्नुपर्छ। समयलाई आफ्नो वशमा पार्न सकिन्न तर व्यवस्थापन गर्न सकिन्छ।  

बुद्धिजीवीको भूमिकाः विकास, सभ्यता र उन्नतिको ढोका खुलेका मुलुकमा बुद्धिजीवी वर्गको तटस्थता, निर्भीक राष्ट्रप्रेम र नेतृत्वलाई गर्ने खबरदारी उच्च नैतिकता र आदर्शले ओतप्रोत भएको पाइन्छ। योग्यता र क्षमताअनुसारको जिम्मेवारी दिने र अधिकतम उपयोग गर्ने नीति हुन्छ। जहाँ भेदभाव र आग्रह पूर्वाग्रह हुन्न त्यो समाज सभ्य र समुन्नत बन्छ।

दण्ड र पुरष्कारलाई पनि त्यतिकै प्र   श्रय दिने समाजमा बौद्धिक वर्गको महŒव र गरिमा उच्च रहन्छ। बौद्धिक वर्ग पेट पाल्न कसैको भाट र चाकर बन्नु पर्दैन। विवेक प्रयोग गर्ने बौद्धिक वर्ग भएको समाजमा अन्याय अत्याचार र बेथितिको गुञ्जायस रहन्न। अहिले  सत्य भनिदिने जैविक बौद्धिक र थिंक ट्यांकको अभावमा देश रुमलिएको छ।  अतः अग्र्यानिक बौद्धिक आजको खाँचो हो। बौद्धिक वर्गको एउटा मात्र ध्याउन्न राष्ट्रको समुन्नतिमा कसरी योगदान गर्न सकिन्छ भन्ने बन्नुपर्छ।  

सस्तो लोकप्रियता होइन लोकहितः सस्तो लोकप्रियताको आयु छोटो र क्षणिक रहन्छ तसर्थ दीर्घकालीन उद्देश्यसहितको प्रयोजनपरक लक्ष्य लोकहितको खातिर हुनुपर्दछ। सामाजिक हितभन्दा पर व्यक्ति र सानो समुदायको स्वार्थको लागि, छिटो लोकप्रिय बन्ने बाटो सहज हुन्छ। तर त्यसले लक्ष्य भेट्टाउन सक्तैन। बाटो दुरुह होस् तर लक्ष्य भेदन गर्ने होस्।  यो नै दीर्घकालीन विकासको सुगम मार्ग र यात्रा हो। भीडको बलमा गरिने जुनसुकै निर्णय र फैसलाले विवेकको प्रतिनिधित्व गर्ने सम्भावना क्षीण हुन्छ। 

 सिंहावलोकनः कामलाई पछिल्तिर फर्केर हेर्दै बीचबीचमा लगाइने दृष्टि, समीक्षा र समालोचना, खण्डनमण्डन सिंहावलोकन हो जुन आम मान्छे र आम प्रणालीलाई जरूरी हुन्छ। समीक्षा गर्ने बानीले कमजोरी पत्ता लाग्छ। कमजोरी छोपेर होइन कमजोरी सच्याएर जाने परिपाटी आजको सभ्यता हो। कमजोरी ढाकछोप गरेर निम्तिने अवश्यम्भावी दुर्घटना टार्न प्रारम्भमै सतर्कतासहितको कमजोरी स्वीकार गरेर अघि बढ्ने अभ्यास गर्नु उचित हुन्छ। 

कतिपय प्रणालीगत समस्या र अवस्थामा त्यसको विस्थापन, विघटन र विनियोजनका लागि रिथिंक र रिभिजिट अनिवार्य तत्व मानिन्छ। अत्यधिक बोझ, झन्झट र अनावश्यक गलगाँड फाल्दै जानुपर्छ।  पेट चिर्दा दुख्छ भनेर अप्रेसन गर्न डरायौं भने त्यसले दिने दुःख र हैरानी बेहोर्न तयार हुनुपर्छ।  नेपालमा पनि प्रदेश संख्या, सांसद संख्या र अन्य फजुल खर्चबारे विविध कोण र सन्दर्भबाट व्याख्या भएको छ। यसको सान्दर्भिकता र औचित्यबारे प्रश्नहरू जन्मिएका छन्।  समस्या समाधन पनि लिएर आएको हुनाले समस्यासँग भाग्ने होइन भोग्ने र झेल्ने सामर्थ्यको विकास गर्नुपर्छ।

प्रतिनिधित्वको सवालः विश्व बैंकले भने झैं ‘गरिबी अपर्याप्त आम्दानी वा मानव विकासमा मात्रै कमजोर हुनु होइन यो आवाजहीन शक्तिहीन र प्रतिनिधित्वहीनको अवस्था पनि हो।  जब राज्यका सबै निकायमा एकल वर्चस्व प्रभाव र हस्तक्षेप रहन्छ तव त्यहाँ गरिबी, अशिक्षा, बेरोजगारी विभेद र अन्याय अत्याचार नमज्जासँग मौलाएको हुन्छ। राज्य एकपक्षीय हुन्छ। त्यस्तो अवस्थामा गरिबी प्रतिनिधित्वहीन, आवाजहीन र सामथ्र्यहीन अवस्थाको रूपमा झन् विकराल भएर देखिन्छ। राज्यमा रहेका सबै जात, जाति, वर्ग, समुदाय, क्षेत्र भूगोल र लिंगको अधिकतम प्रतिनिधित्व राज्यका हर निकायमा हुनुपर्छ। राज्यमा बस्नेलाई यो राज्य मेरो पनि हो राज्यप्रति मेरो पनि भूमिका कर्तव्य छन् भन्ने भावनाको विकास हुनुपर्छ। 
अपनत्व ममत्व र कर्तव्यबोधलाई सम्बोधन गरिने नीति र कार्यक्रमले सीमान्तीय, समुदाय, दलित, महिला, मधेसी मुस्लिम, अल्पसंख्यकलगायत सबैलाई समता र मर्यादाको प्रत्याभूति हुनुपर्छ। अमेरिकालगायत विकसित मुलुकमा किनाराकृत समुदायलाई प्राथमिकताको सूचीमा राखिन्छ। नीति निर्माण गर्दा पहुँचविहीनलाई पहुँच दिलाउनु मुख्य कार्यभारको रूपमा ग्रहण गरिन्छ।  गुनासो र प्रश्नलाई पहिले सम्बोधन गरिन्छ। त्यस्तै अभ्यास र जीवनशैली बनाउनुपर्छ। 

सकारात्मक सोच र शैलीः आम मान्छेमा व्याप्त नकारात्मकतालाई मात्रै न्यून गर्न सकियो भने आशाको सञ्चार जगाएर सकारात्मकताको किरण फैलाउन सकिन्छ।  सकारामक सोच, शैली, चिन्तन र विश्वास नै प्रगतिका प्रस्थानबिन्दु हुन्।  यो भएन, त्यो भएन भनेर गुनासो गर्न छोडेर आआफ्नो तवरबाट जे सकिन्छ राम्रो गरौं जति सकिन्छ असल गरांै भन्ने उत्कट भावना चाहिन्छ। समाजलाई गति दिन र राष्ट्रलाई जीवन्तता प्रदान गर्न सकारात्मकताको प्रचारप्रसार आवश्यक हुन्छ। जुन संस्कारको हामीसँग अभाव छ। हामी सकारात्मक प्रचार ढिलो गर्छौं। हरेक देशका आआफ्ना प्रणाली राज्य व्यवस्था सञ्चालनका पद्धति र विधिहरू हुन्छन् तिनीहरू कहिल्यै, कुनै सर्त र तर्कसँग सम्झौता गर्न लायक हुँदैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.