सिर्जनालाई पत्र

सिर्जनालाई पत्र

प्रिय सिर्जना धेरै माया,

तिमीलाई सन्चै होला भनेर म भन्न सक्ने अवस्थामा छैन कि यतिखेर तिमीलाई बिसन्चो छ। तिम्रो बिसन्चोले मन बेचैन बनायो अनि केही शब्द लेख्ने जमर्को गरें। जीवन र समय सधैं एकनासको हुँदो रहेनछ। समयलाई आफूले सोचेअनुसार पनि बनाउन नसकिने। यतिखेर  तिमीभित्रको उकुसमुकस जिन्दगी म कल्पना गर्न पनि सक्दिनँ। भौतिक रूपमा तिमी र ममा परिचय छैन तर तिम्रो पीडामा केही दिनदेखि म बेचैन छु।

भनिन्छ मान्छे जन्मेपछि मर्छ, बूढो हुन्छ अनि मर्छ, यो प्राकृतिक नियम हो। तर प्रकृतिको नियम यौवन जोडी छुटाउन पनि रहेछ। 

टिकटक धेरै नहेर्ने म, एक दिन एउटा प्रेमिल किस्सा टिकटकमा देखें जो तिम्रा     श्रीमान् विवेक पंगेनी र तिमी सिर्जना सुवेदी। विवेक पंगेनी क्यान्सरको बिरामी अनि तिमीले आफ्नो     श्रीमान्को स्याहार, सुसार र हेरविचार गरेको देख्दा बेलाबेला टिकटक  खोलेर हेर्न मन लागिरहने भयो मलाई। सुरुमा देख्दा के भएको रहेछ मैले चासो गरेकी थिएँ। चौथो चरणको ब्रेन क्यान्सर भन्ने थाहा पाएपछि मेरो  मन आत्तिएको थियो। त्यस्तो रोग जसको पूर्ण उपचार चिकित्सा विज्ञानको वशमा पनि थिएन। पटकपटक तिम्रो त्याग र समर्पणलाई देखेर एक्लै डाको छोडेर रुन्थें अनि तिमीलाई धेरै भाग्यमानी श्रीमतीको दर्जा मनमनै दिन्थें। जुन श्रीमती आफ्नो श्रीमानको किअरिङमा सबैथोक त्याग गरेर लागेको छ। पटकपटक भगवान्सँग प्रार्थना गर्थे भगवान् धेरैको पे्रमिल जोडी छुटाएका छौं। तिमीले, विवेक पंगेनी र सिर्जना सुवेदीको साथ नछुटाऊ है तर मेरो यो पुकार पनि भगवान्ले सुनेनन्। पुस ३ गते एउटा तालिममा सहभागी भएकी थिएँ म, फेसबुक खोलेर हेरेको मात्र थिए मोबाइलको स्क्रिनमा विवेक पंगेनी हार्दिक श्रद्धाञ्जलि भन्ने शब्द देखँे। अनायासै फिस्स परे मेरा ओठहरू मैंले आफूलाई सम्हाल्नै सकिनँ। विस्तारै कन्ट्रोल गरे ४ बजेपछि घर आएर बन्द कोठामा डाँको छोडेर रोएँ।

 मलाई त यस्तो लाग्न थाल्यो भगवान् भैदिएको भए यस्तो बीभत्स मृत्यु हेर्न सक्ने थिएन होला ? यस्तो अवस्थामा नरुने भगवान्, मृत्युको तान्डव नृत्य हेर्ने भगवान् छन् भनूँ कि छैनन् भनूँ म त दोधारमा परें। प्रेमको अजम्बरी भाषा रच्दै गरेको तिमी सांसरिक दुनियाँसँग हार्‍यौं तिम्रो पुकार सुनेन पापी दैवले। 

तिम्रो निस्वार्थ प्रेम, त्याग र समर्पणले संसारको हृदय पगालेको छ। क्यान्सरग्रस्त श्रीमान्लाई कहिल्यै हिम्मत, हौसला र मायाको अभाव हुन दिएनौं। श्रीमान्को जीवनलाई  हरहमेसा सहज र सौहाद्र्रपूर्ण बनाउने प्रयत्न गरिरह्यौं। तर तिमी कति धेरै भाग्यमानी अन्तिम क्षणसम्म आफ्नो श्रीमान्को स्याहार गर्ने सौभाग्य प्राप्त भयो। संसारमा हजारौं मान्छेले ज्यान गुमाइरहेका छन्। मृत्युको समाचार अपडेट भइरहेको छ, मृत्युको खेल हामी बाँचेका भनांैदाहरूले हेरिरहेका छांै। थाहा छैन को कतिबेला त्यो खेलमा सहभागी हुने हो। यसर्थमा पनि तिमी भाग्यमानी     श्रीमती हौ। हरबखत अस्पतालको शैय्यामा लडिरहेका श्रीमान्लाई स्नेहपूर्वक स्याहारसुसार गर्ने, हँसाउने, खेलाउने, घुमाउने सुवर्ण अवसर त पायौं। त्यस्ता भयानक मृत्युलाई पनि मान्छेले स्वीकार गर्नु परेको अवस्था छन्, जुन मलामी पनि भाग्यमा नभएको क्रूर मृत्यु। तिमीले त बिरामी अवस्थामा स्याहारसुसार गर्‍यौं अन्तिम अवस्थामा पनि अँगालो हालेर भौतिक शरीरमाथि आफ्नो टाउको राखेर धर्तीको कान फुट्ने गरी ठूलो आवाजमा रुन पायौं। 

संसारलाई निस्वार्थ प्रेमको पाठ सिकायौं। दुःख र पीडामा बिलौना मात्र गर्ने होइन सानोतिनो रोगसँग हिम्मतका साथ जुध्नका लागि अभिपे्ररित गरेकी छ्यांै। तिम्रो साहस देखेर मृत्युले पनि हार मान्ला लागेको थियो अपसोच यो हुन सकेन। तिमीले टेकेको धर्ती भासिएको अनि तिमीले ओढेको आकाश च्यातिएको अनभूति भएको होला तिमीलाई भौतिक रूपमा अपरिचित म नजिक थिए भने तिमीसँगै भलाकुसारी गर्थें। आत्मीयताको भूगोल छैन, टाढा र अपरिचित हुँदा पनि मनमा यति धेरै माया छ। मनभन्दा विशाल, मनभन्दा नरम, मनभन्दा नजिक केही हुँदो रहेनछ त्यसैले त म तिम्रो पीडामा छटपटिएँ।

कहिल्यै नथाक्ने तिम्रो प्रयास उदाहरणीय थियो, प्रंशसनीय थियो, कहिल्यै नहार्ने, कहिल्यै नरुने, कहिल्यै नथाक्ने तिमीमा अझै आँट, साहस र हिम्मत छ भन्ने मैले विश्वास लिएको छु।

तिमी ‘पत्नी प्रेम र पत्नी धर्म पूरा गर्ने परीक्षामा उत्तीर्ण भए पनि मृत्युकै जित भयो। किनकि मृत्यु परम सत्य हो। तर, अपनाउन अत्यन्तै कठिन छ। मेरा मनमा यस्ता प्रश्नहरू बारम्बार आइरहन्छ मृत्यु के हो ? किन एकनास हुँदैन ? किन यो न्यायसंगत छैन ? संसारका सुन्दर जोडीमाथि किन अन्याय गर्छ ? मृत्यु सत्य छ, तिमीलाई पक्कै थाहा छ तर किन अन्याय गर्‍यो तिमीलाई पनि पक्कै खुल्दुली छ। तर अब तिमीले आँट र साहस बटुल्नुपर्छ। धृतस्मृतिलाई मानसपटलमा राखेर आफ्नो सपना पूरा गर्नुपर्छ।

 मृत्युसँग तिमी हार्‍यौं तर दुनियाँको मन जितेकी छौैं। अब सम्हालिँदै अघि बढ्नुको विकल्प छैन।  तिम्रो त्याग, संघर्षको दुनियाँले प्रशंसा गरेका छन्। केही मान्छेहरूले मनको भार बिसाउने अवसरको रूपमा तिमीलाई लिएका छन्। कलियुगका धेरै महिलाहरूमध्ये थोरैमा पर्ने आफ्नो श्रीमान्को अन्तिम अवस्थासम्म तन, मनले स्याहारमा खटेकी तिमी थकित छौं। अब तिमी आराम गर कति समय तिमीलाई आराम गर्न मन लाग्छ गर। तिमीलाई  मैलै केही भन्न सक्दिनँ न अरूले नै सम्झाउन सक्छन् बस् तिमी आराम गर। तिम्रा थकित मनहरू क्रमशः आफैंले जागरुक बनाउँदै जानेछौं। संसार बुझ्ने छौं, आफ्ना आफन्त, इष्टमित्र, सुख, दःख, पीडा, छटपटी र बेचैन बुझ्ने छौं यी सबैका बीचमा विवेकको मायाको महत्त्व बझ्ने छौं अनि तिमी पक्कै पनि उठछौं मलाई विश्वास छ। भनिन्छ, जन्म मृत्यु, सम्बन्धको हिसाबकिताब पहिल्यै तयार भइसकेका हुन्छन्। जिम्मेवारी, दायित्व र विवेकको धृतस्मृति मानसपटलमा लिएर अघि बढ। तिमी साहसी र आत्माविश्वासी छौ। जीवनलाई परिवर्तन गर्नुपर्छ। समाज परिवर्ताशील छ। 

बाँच्न गााह्रो छैन सकारात्मक कुरालाई मात्र मनमा सजाऊ। आफूलाई सम्हाल्ने कोसिस गर। जीवनलाई नजिकबाट बुझ्नुपर्छ, अबका बाँकी यात्रा सुन्दर बनाउनुपर्छ। प्रकृतिको सृष्टिप्रति आभारी बन्दै बाँच्नुपर्छ। 

अहिलेलाई यति नै उही तिमीलाई माया गर्ने दिदी।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.